ओमानको तटीय क्षेत्रमा तेल ट्यांकर पल्टिँदा १६ जना बेपत्ता | Khabarhub Khabarhub

ओमानको तटीय क्षेत्रमा तेल ट्यांकर पल्टिँदा १६ जना बेपत्ता


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

एजेन्सीकोमोरियन-ध्वजासहितको एक तेल ट्यांकर सोमबार ओमान नजिक पल्टिँदा चालक दलका १६ सदस्य बेपत्ता भएका छन् ।

बेपत्ता चालक दलका सदस्यको खोजी जारी रहेको सल्तनतको सामुद्रिक सुरक्षा केन्द्र (एमएससी) ले बताएको छ ।

ओमानको रक्षा मन्त्रालयद्वारा सञ्चालित एमएससीले जहाज पल्टिनुको कारण बताएको छैन ।

सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा भनिएको छ, ‘एउटा कोमोरोस ध्वजाङ्कित तेल ट्यांकर सोमबार रास मद्रकाहबाट २५ माइल दक्षिणपूर्वमा डुक्मको बन्दरगाह सहर नजिकै पल्टियो ।’

धेरै विवरण उल्लेख नगरी पोस्टमा खोज र उद्धार कार्यहरू सम्बन्धित अधिकारीहरूबाट सुरु गरिएको बताइएको छ । 

मंगलबारको विज्ञप्तिमा एमएससीले जहाजको पहिचान प्रेस्टिज फाल्कनका रूपमा पहिचान गर्दै जहाजमा १३ भारतीय र तीन श्रीलंकालीसहित १६ जना चालक दलका सदस्य रहेको बताएको छ । 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ६ : २५ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन