ओमानको तटीय क्षेत्रमा तेल ट्यांकर पल्टिँदा १६ जना बेपत्ता « Khabarhub

ओमानको तटीय क्षेत्रमा तेल ट्यांकर पल्टिँदा १६ जना बेपत्ता


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

एजेन्सीकोमोरियन-ध्वजासहितको एक तेल ट्यांकर सोमबार ओमान नजिक पल्टिँदा चालक दलका १६ सदस्य बेपत्ता भएका छन् ।

बेपत्ता चालक दलका सदस्यको खोजी जारी रहेको सल्तनतको सामुद्रिक सुरक्षा केन्द्र (एमएससी) ले बताएको छ ।

ओमानको रक्षा मन्त्रालयद्वारा सञ्चालित एमएससीले जहाज पल्टिनुको कारण बताएको छैन ।

सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा भनिएको छ, ‘एउटा कोमोरोस ध्वजाङ्कित तेल ट्यांकर सोमबार रास मद्रकाहबाट २५ माइल दक्षिणपूर्वमा डुक्मको बन्दरगाह सहर नजिकै पल्टियो ।’

धेरै विवरण उल्लेख नगरी पोस्टमा खोज र उद्धार कार्यहरू सम्बन्धित अधिकारीहरूबाट सुरु गरिएको बताइएको छ । 

मंगलबारको विज्ञप्तिमा एमएससीले जहाजको पहिचान प्रेस्टिज फाल्कनका रूपमा पहिचान गर्दै जहाजमा १३ भारतीय र तीन श्रीलंकालीसहित १६ जना चालक दलका सदस्य रहेको बताएको छ । 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ६ : २५ बजे

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए

गैँडाकोट– यहाँको गैंडाकोट नगरपालिका-१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव