सिमलताल दुर्घटना : गणपति डिलक्सका चालक र सहचालकको शव  भेटियो « Khabarhub

सिमलताल दुर्घटना : गणपति डिलक्सका चालक र सहचालकको शव  भेटियो


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

चितवननारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । 

उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरूका परिवारले गरेका हुन् ।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय किशोर कुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषि कुमार सिंह रहेका छन् ।

अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने नौ वटा शवको पहिचान भएको छ र आठ वटा शवको पहिचान हुन बाँकी रहेको छ । अझै ४५ यात्रुको अवस्था अज्ञान रहेको छ ।

पाँच दिनपहिले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिले सम्म फेला परेका छैनन् । 

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जस मध्ये तीन जनाले ज्यान बचाउन सफल भएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ७ : ३८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना