समाजवादी मोर्चाको चिन्ता : कांग्रेस-एमाले मिलेर देशलाई पश्चगमनितर लैजान्छन् « Khabarhub

समाजवादी मोर्चाको चिन्ता : कांग्रेस-एमाले मिलेर देशलाई पश्चगमनितर लैजान्छन्


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणले देशलाई पश्चगमनतिर लान सक्ने भन्दै चिन्ता जनाएको छ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले यस्तो चिन्ता व्यक्त गरेको हो ।

मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका साथै यसअघिको मोर्चाको कामको समीक्षा गर्दै दस्तावेजीकरण गर्न कार्यदल बनाउने निर्णय गरेको छ ।

दस्तावेजीकरणका लागि चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले दिए ।

कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको उनले बताए ।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै प्रगतिशील यात्रातर्फ अघि बढेको देशलाई यथास्थिति र पश्चमगनमा लाने कोशिश भएको निष्कर्ष निकालेको छ ।

यसका साथै विगतको उपलव्धिमा हुनसक्ने प्रहारप्रति पनि मोर्चाले चिन्ता जनाएको छ । बैठकले अरु सबै प्रगतिशील कम्युनिष्ट घटकका साथै उपेन्द्र यादव र मोहनविक्रम सिंहलाई पनि मोर्चामा ल्याउने पहल गर्ने निर्णय गरेको नेकपा विश्वकर्माले जानकारी दिए ।

समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ७ : ५७ बजे

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।

२४ घण्टामा विपद्का २४ घटना : २ जनाको मृत्यु, १५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका २४ वटा विपद्का

फ्रान्सविरुद्ध फाइनल खेलाएका पोलिस रेफ्री नै अर्जेन्टिनाको खेलमा दोहोरिँदै

काठमाडौं- साविक विश्वकप विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेल्ने समूह चरणको खेल