समाजवादी मोर्चाको चिन्ता : कांग्रेस-एमाले मिलेर देशलाई पश्चगमनितर लैजान्छन् « Khabarhub

समाजवादी मोर्चाको चिन्ता : कांग्रेस-एमाले मिलेर देशलाई पश्चगमनितर लैजान्छन्


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणले देशलाई पश्चगमनतिर लान सक्ने भन्दै चिन्ता जनाएको छ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले यस्तो चिन्ता व्यक्त गरेको हो ।

मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका साथै यसअघिको मोर्चाको कामको समीक्षा गर्दै दस्तावेजीकरण गर्न कार्यदल बनाउने निर्णय गरेको छ ।

दस्तावेजीकरणका लागि चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले दिए ।

कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको उनले बताए ।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै प्रगतिशील यात्रातर्फ अघि बढेको देशलाई यथास्थिति र पश्चमगनमा लाने कोशिश भएको निष्कर्ष निकालेको छ ।

यसका साथै विगतको उपलव्धिमा हुनसक्ने प्रहारप्रति पनि मोर्चाले चिन्ता जनाएको छ । बैठकले अरु सबै प्रगतिशील कम्युनिष्ट घटकका साथै उपेन्द्र यादव र मोहनविक्रम सिंहलाई पनि मोर्चामा ल्याउने पहल गर्ने निर्णय गरेको नेकपा विश्वकर्माले जानकारी दिए ।

समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ७ : ५७ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको