बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण « Khabarhub

बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बागलुङतमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारिसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताए । गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उनले बताए। गाउँपालिकाले गत आर्थिक वर्षमा ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकारी दिए। 

चारवर्षअघि  २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताए।

‘ढिलो भएपनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई रु ६० लाख भुक्तानी गर्न बाँकी  छ,’ विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको जानकारी दिँदै उनले भने ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ६ : १४ बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी