मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ « Khabarhub

मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धरानचतराधामस्थित दुई सय ६० वर्ष पुरानो औलिया बाबा मठका संरचना जीर्ण भएका छन् ।

बराहक्षेत्र नगरपालिका- १ मा  चतरा गुठीको स्वामित्वका ती तत्काल मर्मतसम्भार हुनुपर्नेमा महन्त विनायक पुरीले जोड दिएका छन् ।

मठको गद्दीदेखि मूर्तिसम्म गद्दीसम्मका संरचना जीर्ण बनेकाले तत्काल मर्मतसम्भार थाल्नुपर्ने उनको माग छ । उहाँले धार्मिक एवं पुरातात्विक महत्वका यस्ता सम्पदा संरक्षणको दायित्व समाजका सबै वर्गको भएको बताए। जीर्णोद्वारका लागि गुठी संस्थानलाई पत्राचार गरिएको उनले बताए। 

महन्त पुरीका अनुसार शिवालयभित्रको स्वर्णजडित शिवलिङ्ग, शिवलिङ्गको स्वर्णजडित नाग, स्वर्णजडित पञ्चमुखी शिवलिङ्ग, सङ्गमर्मरद्वारा निर्मित औलिया बाबाको मूर्ति, पत्थरको द्वारा निर्मित अष्टभुजा  भैरवको मूर्ति, औलिया बाबाको गद्दी तत्काल जीर्णोद्वार गर्नुपर्ने भएको छ ।

धर्मशास्त्रले खण्डित मूर्ति पूजा गर्न नहुनेमा जोड दिएको उनले बताए। 

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १० : ५० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना