थाइल्याण्डको प्रधानमन्त्रीमा प्यातोङटार्न सिनावात्रा निर्वाचित « Khabarhub

थाइल्याण्डको प्रधानमन्त्रीमा प्यातोङटार्न सिनावात्रा निर्वाचित


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

बैंकक थाइल्याण्डको संसदले ३७ वर्षीया प्यातोङटार्न  सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।

गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार प्यातोङटार्नलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो छ ।

फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य प्यातोङटार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत् अनुमोदनका लागि शुक्रबार नै संसदमा प्रस्तुत गरेको थियो । 

प्यातोङटार्नका बुबा थाक्सिन सिनावात्रा र फुपु यङलिङ सिनावात्राले यसअघि प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् ।  थाइल्याण्डको संवैधानिक राजतन्त्रको इतिहासमा उनी सबैभन्दा कान्छी नेता हुन् । 

राज्यको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भनी अदालतमा दायर मुद्दामाथि सुनुवाईपछि दोषी ठहर गर्दै पदमुक्त गरिएको थियो । 

प्यातोङटार्न थाइल्याण्डको दोस्रो महिला प्रधानमन्त्री बनेका छन् । सेना, राजावादी दलहरू र टेलिकम टाइकून तथा कुनै समय म्यानचेस्टर सिटीका मालिकसमेत बनेका पूर्वप्रधानमन्त्री थाक्सिनसँग जोडिएका पपुलिस्ट पार्टीहरूबीच लामो समयदेखिको तनावपछि निवर्तमान प्रधानमन्त्री स्रेथाको बहिर्गमन भएको थियो । 

संसदको तेस्रो ठूलो दल भुमजैथाईले शुक्रबारको मतदानमा फेउ थाईका उम्मेदवारलाई समर्थन गर्न सहमत भएको जनाएको छ ।

सन् २०२२ को अन्त्यमा राजनीतिमा प्रवेश गर्नुअघि प्यातोङटार्नले होटेल क्षेत्रको व्यावसाय हेर्दै आएकी थिइन् ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १२ : ३४ बजे

भीरबाट लडेर वडासदस्यको मृत्यु

गोदावरी– चुरे गाउँपालिका–५ भासु गाउँमा भीरबाट लडेर वडासदस्यको मृत्यु भएको

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र