नेपालमा बसेर केही गर्छु भन्ने भावनाको विकास गर्न आवश्यक : उपप्रधानमन्त्री सिंह « Khabarhub

नेपालमा बसेर केही गर्छु भन्ने भावनाको विकास गर्न आवश्यक : उपप्रधानमन्त्री सिंह


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट २०२४’ को उद्घाटन समारोहमा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।  उनले व्यवस्थाप्रति नकारात्मक सोच हाबी भएको भन्दै सकारात्मक विचार आवश्यक रहेको पनि बताए ।

उपप्रधानमन्त्री सिंहले यो भएन उ भएन भनेर भन्न सजिलो ठान्ने तर जिम्मेवारीमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी रहेको बताउँदै अब कुरा भन्दा काम गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै अर्को सन्दर्भमा उनले नेपालमा पढ्ने विद्यार्थीहरूको संख्या घट्दै गइरहेको र विदेशिनेक्रम बढिरहेको भन्दै नेपालमा बसेर केही गर्छु भन्नु भावनाको विकास गर्न आवश्यक रहेको बताए ।  उनले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिकहरू नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने पनि उनले बताए ।

‘कस्तो खालको ऐन र नीति बनाउने हो, जनप्रतिनिधिलाई सुझाव दिनुहोला । सूचना प्रविधिको वा एआइको जमानामा आफूमा भएको सीप आदानप्रदान गर्न सक्नुपर्छ । ग्लोबल भिलेजको जमानामा देश छाडेर जानु पर्दैन,’ उपप्रधानमन्त्री सिंहले भने ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १ : ३६ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द