दूधकोशीमा भीषण बाढी, थामे गाउँमा ठूलो क्षति, हिमपोखरी फुटेको आशंका « Khabarhub

दूधकोशीमा भीषण बाढी, थामे गाउँमा ठूलो क्षति, हिमपोखरी फुटेको आशंका


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ ।

दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ थामेनजिकै पुगेको छ।

यो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको छ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्‍मा छिरिङ शेर्पाले खुम्बुकै थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका गरेका छन् ।

उनका अनुसार क्षतिको थप विवरण आउन बाँकी । शेर्पाले दूधकोशीको तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्कता अपनाउन अपील गरेका छन् ।

‘दूधकोशीमा ठूलो बाढी आइरहेकोले दुवै किनार क्षेत्रमा रहनुहुने सबैलाई सचेत रहन आग्रह गर्दछु’, उनले भने ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  २ : ३५ बजे

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको