ब्रेकिङ स्टोरी

पूर्वउपराष्ट्रपति पुत्र दीपेशसँग संसदीय समितिले लियो बयान

By खबरहब

August 16, 2024

काठमाडौं– सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग बयान लिएको छ ।

संसदीय समितिले सहकारी संस्था वचत रकम दुरुपयोग घटनामा मुछिएका दीपेशसँग सिंहदरबारस्थित समितिको कार्यालयमा बोलाएर बयान लिएको हो । उनी बुटवलस्थित सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव हुन् ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव दीपेशलाई समितिको बैठकमा सोधपुछ गरिएको बताए ।