कोशी प्रदेश सरकारको १०० दिने उपलब्धि सार्वजनिक (पूर्णपाठसहित) | Khabarhub Khabarhub

कोशी प्रदेश सरकारको १०० दिने उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले १०० सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो एक सय दिनको उपलब्धिलाई उनले ६० बुँदेमा समेटेका छन् । आफ्नो नेतृत्वमा पछिल्लो पटक सरकार बनेको सय दिन पुगेको अवसरमा शुक्रबार उपलब्धि सार्वजनिक गरेका हुन् ।

खास गरी सुशासन ,सामाजिक न्याय र विकास निर्माणको फेहेरिस्त उनको  एक सय दिने कार्यक्रमका रूपमा समावेश गरिएको छ ।
उनी गत वैशाख २७ गते माओवादी केन्द्रको सहयोगमा मुख्यमन्त्री बनेका थिए ।

संघीय सरकारले गरेका कामलाईसमेत मुख्यमन्त्री कार्की आफ्नो उपलब्धिमा राखेका छन् । संखुवासभाको किमाथाङका नाका प्रदेश सरकारको समन्वयमा राखेको बताएका छन् ।

कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि संखुवासभाको किमाथाङ्का बन्द गरेको थियो । उत्तरी क्षेत्र चीनसँग जोडिएको संखुवासभाको किमाथाङ्का नाका जेठ १२ गते परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितमा खोलिएको थियो । त्यसलाई मुख्यमन्त्री कार्कीले आफ्नो उपलब्धिमा उल्लेख गरेका छन् ।

यस्तै मुख्यमन्त्री कार्कीले वेबसाइट निर्माणलाई पनि आफ्नो उपलब्धिमा राखेका छन् । प्रदेशसभाका विषयगत समितिहरूको छुट्टाछुट्टै वेबसाइट निर्माण गरिएको कुरालाई पनि उनले प्रगति विवरणमा राखेका छन् ।

उनले प्रदेशसभामा दर्ता हुन आएका विधेयकहरूलाई वेबसाइटमार्फत् सार्वजनिक गर्न थालेको उपलब्धिमा उल्लेख छ । यसअघिका सरकारले बजेट विनियोजन गरेर निर्माण सम्पन्न भएका पुल तथा बाटाहरूलाई पनि उनले आफ्नो उपलब्धिमा राखेका छन् ।

सिधुवा शुक्रवारे सडक, धरानको सर्दु खोलाको पुललगायत योजना उनको १ सय दिनको काममा उल्लेख छ । यी दुवै योजना निर्माण सम्पन्न भएको झन्डै एक वर्ष बितेको छ । केही दिन अगाडि मात्रै मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका थिए ।

प्रदेश सरकारले बिहीबारदेखि जनताको गुनासो सुन्नका लागि हेलो सीएम सुरु गरेको थियो । सो कार्यक्रमलाई पनि मुख्यमन्त्रीले कार्कीले उपलब्धिमा समेटेका छन् ।

गुनासो व्यवस्थापनको लागि भिन्नै कक्ष राखेर २४सैँ जनताको गुनासो सुन्न सकिने गरी व्यवस्थापन गरिएकाले यसले शासकीय सुधारमा सहयोग पुग्ने भन्दै मुख्यमन्त्री कार्कीले हेलो सीएम सुरु गरेका थिए ।

एमालेको नेतृत्वको सरकारमा यसअघि माओवादी केन्द्र सामेल थियो । तर केन्द्रमा भएको सत्ता फेरबदल भए पनि अहिले माओवादी केन्द्र प्रमुख प्रतिपक्ष बनेको छ ।उनले माओवादी सरकारमा समाले भएका चरणका कार्यक्रमलाई उपलब्धिका रूपमा समावेश गरेका छन् ।

केन्द्रमा भएको सत्ता परिवर्तनसँगै गएको साउन ११ गते एमाले नेतृत्वको कोशी प्रदेशबाट माओवादी केन्द्र बाहिरिएको थियो ।अहिले एमालेको नेतृत्वको सरकारमा काँग्रेस सहभागी हुने चरणमा छ।तर काग्रेसले मन्त्रीको नाम  टुङ्ग्याउन नसक्दा सरकारमा सामाले हुने क्रममा विलम्ब हुँदै आएको छ ।

हेर्नुहोस् पूर्णपाठ :

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ४ : ३४ बजे

पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल

काठमाडौं – पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन

ट्रेभिस हेडको शानदार शतकमा अस्ट्रेलिया विजयी : इंग्ल्यान्डविरुद्ध बनाए १५४ रन

लन्डन – ट्रेभिस हेडको शानदार शतकको सहयोगमा अस्ट्रेलियाले इंग्ल्यान्डसँगको पहिलो

मुस्ताङको पर्यटन विकासमा निषेधित क्षेत्रको तगारो

म्याग्दी – मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ मा रहेको न्युतारा होटलका सञ्चालक

मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल

च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित : सबै टिममा टिनएजरको प्रभाव

लन्डन – नाइजेरियाका स्ट्राइकर जर्ज इलेखेनाले च्याम्पियन्स लिगको डेब्युमै गोल