आजका समाचार : दूधकोशी बाढीले थामे थला पर्‍यो, दीपेशले दिए बयान, थाइल्यान्डमा ३७ वर्षीया प्रधानमन्त्री | Khabarhub Khabarhub

आजका समाचार : दूधकोशी बाढीले थामे थला पर्‍यो, दीपेशले दिए बयान, थाइल्यान्डमा ३७ वर्षीया प्रधानमन्त्री


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्रीले भने- मंसिरमा किसानलाई मल अभाव नहोस्, खरिद प्रक्रिया बढाइजानू

प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो, आँकलन गरेर खरिद प्रक्रिया थाल्न निर्देश दिए ।

दूधकोशीको बाढीले क्षति गरेको थामे पुगेर उद्धारमा जुटे सुरक्षाकर्मी

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा आएको बाढीले क्षति गरेको थामे गाउँमा सुरक्षाकर्मी पुगेका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आउँदा थामे गाउँमा ठूलो क्षति भएको छ ।

भिजिट भिसाको दुरुपयोग रोक्न नियमनबाहेक अन्य कुनै विकल्प छैन : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले भिजिट भिसाको दुरुपयोग रोक्न नियमनबाहेक अन्य कुनै विकल्प नरहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा मन्त्री भण्डारीले भिजिट भिसाको दुरुपयोग रोक्नका लागि सरकार गम्भीर रहेको भन्दै यसलाई रोक्न अनुगमनबाहेक अरु कुनै विकल्प नरहेको बताएका छन् । उनले श्रम सम्झौताका दुइपक्षीय सम्झौता गर्दा नेपाली कामदारको हक अधिकारलाई ध्यान दिइने उल्लेख गरे ।

पूर्वउपराष्ट्रपति पुत्र दीपेशसँग संसदीय समितिले लियो बयान

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग बयान लिएको छ ।

संसदीय समितिले सहकारी संस्था वचत रकम दुरुपयोग घटनामा मुछिएका दीपेशसँग सिंहदरबारस्थित समितिको कार्यालयमा बोलाएर बयान लिएको हो । उनी बुटवलस्थित सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव हुन् ।

रामहरि खतिवडा भन्छन्- ढिला नगरी सुशासनको काममा सबै लागौँ

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ढिलाइ नगरी सुशासनको काममा सबै लाग्नुपर्ने बताएका छन् ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको सुशासनको क्षेत्रमा देखिएका चुनौतीहरू विषयक कार्यक्रममा खतिवडाले प्रधानमन्त्रीले कार्यभार सम्हाल्दा सुशासनलाई प्राथमिकतामा राख्ने धारणा व्यक्त गरेको भन्दै अव सुशासनको काममा ढिलाइ नगरी सबै लाग्नुपर्ने बताएका हुन् ।

कांग्रेस-एमालेले मात्रै संविधान संशोधन गर्दा अवस्था जटिल हुन्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसहमतिमै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार मोरङको बूढीगंगा गाँउपालिका-७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस–एमालेको करिब दुईतिहाइ बहुमत रहे पनि सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

कोशी प्रदेश सरकारको १०० दिने उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले १०० सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो एक सय दिनको उपलब्धिलाई उनले ६० बुँदेमा समेटेका छन् । आफ्नो नेतृत्वमा पछिल्लो पटक सरकार बनेको सय दिन पुगेको अवसरमा शुक्रबार उपलब्धि सार्वजनिक गरेका हुन् ।

मधेशका मुख्यमन्त्रीले मन्त्रीहरूसँग गरे कार्यसम्पादन सम्झौता

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश मन्त्रिपरिषद्का सदस्यहरूसँग कार्यसम्पादन सम्झौताका लागि करारनामा गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौताका लागि करारपत्रमा हस्ताक्षर गरेका हुन् ।

अर्थ मन्त्रालयले तयार पार्‍यो एक सय दिनको कार्ययोजना

अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरूको कार्ययोजना तयार पारेको छ ।

कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गर्ने छन् ।

साउनमा ७६० अंकले बढ्यो नेप्से, ४ खर्ब १३ अर्ब कारोबार

नेपालको शेयर बजारका लागि साउन उछाल आएको महिना सावित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकै महिनामा ७६०.४ अंकले बढ्यो । सरकार परिवर्तन र नेपाल राष्ट्र बैंकले शेयर बजारप्रति लिएको लाचिलो नीतिका कारण यो महिना शेयर बजारमा उछाल आएको हो ।

शेयर बजारमा उछाल आउँदा नेप्से दैनिक औषत ३४.५६३ अंकले बढेको छ । शेयर बजारमा उछाल आएसँगै यही महिनामा शेयर कारोबारमा पनि नयाँ रेकर्डहरू कायम भएका छन्‌ । यो महिनामात्र ५ पटक कारोबारको रेकर्ड कायम भएको हो ।

अन्तर्राष्ट्रिय…

थाइल्याण्डको प्रधानमन्त्रीमा प्यातोङटार्न सिनावात्रा निर्वाचित

थाइल्याण्डको संसदले ३७ वर्षीया प्यातोङटार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।

गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार प्यातोङटार्नलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो छ ।

अफ्रिका बाहिर स्विडेनमा देखियो मंकीपक्स

मोदी र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुसबीच फोनवार्ता

सहकर्मीको हत्यापछि भारतीय चिकित्सकहरू हडतालमा

बङलादेशले ७ देशका राजदूतलाई फिर्ता

खेलकुद

महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

राष्ट्रिय महिला भलिबल टिमका सदस्यहरूलाई सरकारले जनही ३/३ लाख दिने भएको छ ।

सरकारले हालै सम्पन्न काभा महिला राष्ट्रिय भलिबल लिगमा उप विजेता बनेको नेपाली टिमका १४ सदस्यलाई जनही ३-३ लाख दिने निर्णय गरेको हो ।

बोल्ट प्रेरित जमैकाको ‘डाउन फल’

आईसीसी लिग-२ : रोचक खेलमा नेदरल्याण्ड्ससँग अमेरिका १९ रनले पराजित

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : ५९ बजे

दसैँको बेला ‘कुमारी पूजन’ मिथिलाको विशेष परम्परा

महेन्द्रनगर – मिथिलामा दसैँको बेला गरिने कुमारी पूजनलाई विशेष परम्परा

बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन

खजुरा – प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले यक्ष र

फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने

एजेन्सी– फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले

 छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि

राजविराज– बडादसैँको अवसरमा यहाँको छिन्नमस्ता भगवती मन्दिरमा आज पुष्प वृष्टि

बाढीपीडितको वेदना : दशैं आयो, राहत आएन

ललितपुर- फूलबारीमार्ग मंगलफार्म वडा नम्बर २५, नख्खुमा भीमबहादुर तामाङ (६१)