दूधकोशीमा बाढी : खुम्बु जोड्ने मोटरेबल पुलमा क्षति, आवतजावत बन्द « Khabarhub

दूधकोशीमा बाढी : खुम्बु जोड्ने मोटरेबल पुलमा क्षति, आवतजावत बन्द


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेर आएको बाढीका कारण ठाउँठाउँमा क्षति भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आउँदा तटीय क्षेत्रमा पनि क्षति गरेको हो ।

दूधकोशीमा आएको बाढीका कारण खुम्बु जोड्ने ओर्लाङघाटस्थित माप्य-खुम्बु मितेरी माटरेबल पुलमा क्षति पुगेको छ । जसका कारण खुम्बुतर्फको आवतजावत बन्द भएको छ।

उता फाग्दिङदेखि नाम्चे जाने बाटो पनि करिब सय/सय मिटरका दरले कटान गरेपछि मानिससमेत हिँड्न बन्द भएको छ । अहिले क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ७ : ५६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी