‘टेस्ट ड्राइभ’को बहानामा मोटरसाइकल चोरी : तीन जना पक्राउ « Khabarhub

‘टेस्ट ड्राइभ’को बहानामा मोटरसाइकल चोरी : तीन जना पक्राउ


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुपन्देहीको तिलोत्तमा र भई काठमाडौं नागार्जुन बस्ने १८ वर्षीय निश्चल आले मगरले प्रयोग गर्ने केटीएएम ड्यूक २५० मोटरसाइकल बिक्री गर्ने भनी सामाजिक सञ्जालमार्फत हाम्रो बजार पेजमा विज्ञापन पोस्ट गरेिएको थियो ।

त्यसपश्चात उक्त मोटरसाइकल खरिद गर्ने भन्दै  साउन १७ गते लिई फरार भएको घटनाको अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न काडमाडौं हाँडीगाउँ बस्ने २० राकेश थापासमेत १९ वर्षीय विकाश थामी, २९ वर्षीय सुरोजन शाहीलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले बौद्धबाट पक्राउ गरेको हो ।

साथै अनुसन्धानको क्रममा निज राकेश थापा समेतको संलग्नतामा साउन ६ गते  धनुषा घर भई  जैशीदेवल बस्ने २४ वर्षीय लक्ष्मण राज शाहले प्रयोग गर्ने मधेश प्रदेश ०२-००६ प ५६६७ नं.को आर १५ भी ४ मोटरसाइकलसमेत सोही प्रकृतिबाट लगेको भनी खुल्न आएकोमा उक्त मोटरसाइकल बौद्ध बाट र बाग्मती प्रदेश ०२-०३६ प ७७४२ नं.को केटीएएम ड्यूक २५० मोटरसाइकल भक्तपुरको सानोथिमी बाट बरामद गरी जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनाले सोही प्रकृतिबाट अरु थप मोटरसाइकलहरू समेत चोरी गरेको हुन सक्ने देखिएपछि  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ८ : १७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज