बेलायती राजदूतसँगको भेटमा उद्योगमन्त्रीले भने : उत्पादनमूलक क्षेत्रमा सहयोगको अपेक्षा छ « Khabarhub

बेलायती राजदूतसँगको भेटमा उद्योगमन्त्रीले भने : उत्पादनमूलक क्षेत्रमा सहयोगको अपेक्षा छ


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच नेपाल–बेलायतबीच रहीआएको आपसी सम्बन्ध, नेपालको आर्थिक विकास, सुशासन एवं मानवीय सहायतालगायत विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा भेटमा मन्त्री भण्डारीले नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य लिएको बताउँदै यस अभियानमा नेपाललाई सघाउन आग्रह गरे।

औद्योगिक विकास, प्रवर्द्धन तथा प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्नका लागि पनि नेपाललाई सहयोग आवश्यक पर्ने उनले बताए ।

मन्त्री भण्डारीले उद्योग, पर्यटन, सूचना प्रविधिलगायतका उत्पादनमूलक क्षेत्रको विकास तथा निर्यात अभिवृद्धि सरकारको प्राथमिकताको क्षेत्र भएको बताए । उनले जडिबुटी, पश्मिना, चिया, तयारी पोसाक, गलैँचालगायत प्राथमिकतामा परेका निर्यातयोग्य वस्तुको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

राजदूत फेनले मन्त्री भण्डारीलाई पुनःनियुक्तिको लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन र शिक्षाको क्षेत्र थप विस्तार, सुदढ र सन्तुलित हुने विश्वास व्यक्त गरे ।

बेलायतको नयाँ गठित सरकारले द्विपक्षीय साझेदारीलाई प्राथमिकतामा राखेको र नेपालसँग थप साझेदारीका कार्यक्रममा अगाडि बढाउँदै लगानी तथा व्यापार अभिवृद्धि गर्न क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ८ : ३० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने