मङ्कीपक्सको प्रकोपसँग लड्न निगरानी बढाउन डब्लुएचओको आह्वान « Khabarhub

मङ्कीपक्सको प्रकोपसँग लड्न निगरानी बढाउन डब्लुएचओको आह्वान


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

जेनेभा – पछिल्लो समय विश्यव्यापी रूपमा मङ्कीपक्सको सङक्रमणका घटना पुष्टि भइरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले प्रभावित देशहरूलाई मङ्कीपक्स प्रकोपको सामना गर्न मिलेर काम गर्न आग्रह गर्दै प्रकोपलाई शीघ्र सम्बोधन गर्न आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समार्फत मङ्कीपक्स भाइरसको सङ्क्रमणसँग लड्नका लागि विश्वव्यापी निगरानी, डाटा साझेदारी र सहकार्य बढाउनुपर्ने कुरामा जोड दिएका छन् ।

अल जजिराले पछिल्लो समय स्विडेनमा पुष्टि भएको मङ्कीपक्सको पहिलो केसबाट यो नजिकको सम्पर्कबाट फैलिने अधिक खतरनाक संस्करण भएको बताएको छ । योसँगै स्विडेन सरकारले बिहीबार अफ्रिकाबाहिर यो भेरिएन्टको पहिलो केस पहिचान भएको जनाएको छ ।

स्वास्थ्य तथा सामाजिक मामिलामन्त्री ज्याकब फोर्समेडले बिहीबार पत्रकार सम्मेलनमा भने, “स्विडेनमा हामीसँग अधिक गम्भीर प्रकारको क्लेड १ नामको एमपक्स (मङ्कीपक्स) पुष्टि भएको छ ।”

डब्लुएचओले प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट सुरु भएर अन्य देशमा फैलिएपछि एमपक्सलाई दुई वर्षमा दोस्रोपटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

हाल साउदी अरेबियाबाट फर्केका एक व्यक्तिमा भाइरसको पुष्टि भएपछि पाकिस्तानमा पनि पहिलो मङ्कीपक्सको घटना पुष्टि गरेको एआरवाई न्यूजले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।एआरवाई न्यूजका अनुसार पेशावरको खैबर मेडिकल विश्वविद्यालयले सङक्रमणको पुष्टि गरेको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ८ : ५४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने