थामे बाढीमा बगे दर्जन बढी घर, दूधकोशी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह | Khabarhub Khabarhub

थामे बाढीमा बगे दर्जन बढी घर, दूधकोशी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका थामे गाउँमा आएको बाढीले १४ वटा घर बगाएको गाउँपालिकाले जनाएको छ ।

शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै गाउँपालिकाले बाढीबाट हालसम्म १ विद्यालय होस्टल, १ क्लिनिक, ५ वटा होटल र ७ वटा घरसहित १४ वटा भवनहरु पूर्ण रुपमा बगेका जनाएको छ ।

स्थानीय सरकार, स्थानीय प्रशासन र स्थानीय वासीको सहयोगमा उद्वार कार्य भइरहेको भन्दै खराब मौसमका कारण गाउँपालिकाका सबै जनप्रतिनिधी एवं कर्मचारी यथासमयमा उक्त बस्तीमा पुग्न नसकिएको र भोलि बिहानैदेखि उद्वार तथा राहत कार्यमा सम्पूर्ण जनप्रतिनिधी तथा कर्मचारी खटिने विज्ञप्तीमा उल्लेख छ ।

थप उद्वार, राहत तथा पुनःस्थापनाको लागि संघीय सरकार, प्रदेश सरकार एवं गैर सरकारी संघ संस्थाबाट सहयोगको अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

दूधकोशी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेको थामेमा आजदेखि भीषण बाढी आएपछि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

“दूधकोशीको शीरमा रहेको ताल फुटेको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ”, जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत शिवकुमार राईले शुक्रबार साँझ जारी गरेको सूचनामा भनिएको छ, “दूधकोशी किनारमा बसोबास गर्ने र अन्य कार्य गर्ने नागरिक सतर्क रहन अनुरोध छ ।”

बाढीले सोलुखुम्बुस्थित खोला किनारमा रहेको थामे गाउँको दर्जन बढी घर, विद्यालय भवन तथा स्वास्थ्य चौकी बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । थामेखोलाको बाढी क्रमशः भोटेकोशी हुँदै दूधकोसीतर्फ झर्दै गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

बाढीले खोटाङ र ओखलढुङ्गाको कोशी किनारमा बसोबास गर्ने स्थानीय बासिन्दा जोखिम परेका छन् । दूधकोशीमा बाढी आउन लागेपछि खोटाङको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र रावाबेँसी गाउँपालिकाले नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सोलुखुम्बुमा आएको बाढी खोटाङ आसपासमा आइपुग्न केही घण्टा लाग्ने अनुमान छ । थामेखोलाको बाढी थामेखोलाको बाढी क्रमशः भोटेकोशी हुँदै दूधकोसीतर्फ झरेपछि जिल्ला विपद् व्यवस्थापन समिति खोटाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की नेतृत्वको टोली सम्भावित बाढी प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन् ।

सोलुखुम्बुमा हिम ताल फुटेर वा हिमपहिराको कारणले बाढी आएको भन्ने यकिन भएको छैन । घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।

यस्ताे छ गाउँपालिकाकाे विज्ञप्ती

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ९ : २० बजे

दसैँको बेला ‘कुमारी पूजन’ मिथिलाको विशेष परम्परा

महेन्द्रनगर – मिथिलामा दसैँको बेला गरिने कुमारी पूजनलाई विशेष परम्परा

बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन

खजुरा – प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले यक्ष र

फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने

एजेन्सी– फिनल्याण्ड नयाँ अन्तरिक्ष केन्द्रको निर्माणको साथ अगाडि बढिरहेको सरकारले

 छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि

राजविराज– बडादसैँको अवसरमा यहाँको छिन्नमस्ता भगवती मन्दिरमा आज पुष्प वृष्टि

बाढीपीडितको वेदना : दशैं आयो, राहत आएन

ललितपुर- फूलबारीमार्ग मंगलफार्म वडा नम्बर २५, नख्खुमा भीमबहादुर तामाङ (६१)