‘१२ गाउँको’को टिजरमा विराजका बाउ–छोराको एक्सन « Khabarhub

‘१२ गाउँको’को टिजरमा विराजका बाउ–छोराको एक्सन


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज २४ बाट प्रदर्शन मिति तोकिएको फिल्म ‘१२ गाउँको’ टिजर शुक्रबार सार्वजनिक भएको छ । द्वन्द्वको दृश्यलाई विशेष स्थान दिएको टिजरमा विराज र उनका छोरा समीरको एक्सन देख्न सकिन्छ ।

१ मिनेट २१ सेकेन्ड लामो टिजरमा विराजको भ्वाइस ओभरबाट सुरु हुन्छ । डेब्यू नायक समीरको भने संवाद छैन । भारतमा बसेर मार्सल आर्टस् र अभिनय सिकेका समीरले एक्सनका लागि निकै मिहेनत गरेको टिजरबाट अनुमान लगाउन सकिन्छ । टिजरमा फिल्मका मुख्य कलाकारहरु स्थान दिइएको छ ।

यो फिल्मबाट दुई पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यू गरेका छन् । ‘१२ गाउँ’ अहिलेसम्मकै उच्च स्तरीय नेपाली एक्सन फिल्म रहने विराजको दाबी छ ।

एक्सनको पाटो बलियो बनाउन विराजले भारतीय द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई अनुबन्ध गरेका छन् । विराज भट्ट फिल्म पोडक्सनको ब्यानरमा बनेको यो फिल्मको निर्माता,निर्देशक र लेखक विराज आफैँ हुन् ।

उनलाई पटकथा र संवाद लेखनमा भने सन्तोष सरकार सहयोग गरेका छन् । यो फिल्मले छक्का पञ्जा ५ र ज्वाइँ साबसँग हलमा प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ९ : २९ बजे

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले

गृहमन्त्री गुरुङ किन एक्कासी ललितपुर प्रहरी कार्यालय पुगे ?

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङ एकाएक ललितपुर प्रहरी कार्यालय पुगेका छन्