ट्रम्पमाथि फेरि गोली प्रहार : दुई महिनामा दोस्रो आक्रमण « Khabarhub

ट्रम्पमाथि फेरि गोली प्रहार : दुई महिनामा दोस्रो आक्रमण


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेली रहेको समयमा फेरि एक पटक गोली प्रहार भएको छ।

सुरक्षा अधिकारीकै अनुसार कोही निजी सशस्त्र व्यक्तिको लक्ष्य नै ट्रम्प माथि प्रहार गर्ने हो। ती व्यक्ति गिरफ्तार भइसकेका छन्। उनको नाम रेन विस्ली राउथ भएको जनाइएको छ।

घटनाको लगत्तै वासिङ्टनमा रहेका राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र सुरक्षा अधिकृतले यस बारेमा चासो लिँदै विज्ञप्ति जारी गरेका थिए। त्यसपछि शङ्कास्पद व्यक्ति गिरफ्तार भएका छन्। यो घटना भएको स्थान दक्षिणी फ्लोरिडा हो।

घटना हुँदा ट्रम्प पाँचौँ र छैटौँ होलको बिचमा थिए। शङ्कास्पद व्यक्ति धेरै परको होलमा थिए। फ्लोरिडामा रिपब्लिक प्रतिनिधि माइकल वालट्जले जुलाई घटनापछि नै आफूले यसमा सावधान रहन सुरक्षा निकायलाई सचेत गराएको बताएका छन्। १३ जुलाइमा पेनेसेल्भिनयामा भएको घटनाको छानबिन गर्न गठित ६ डेमोक्र्याट र ७ रिपब्लिकको संसदीय समितिमा छन्।

घटनाका प्रत्यक्षदर्शी अनुसार अहिले गिरफ्तार गरिएका ती व्यक्ति ३०० देखि ५०० यार्ड पर थिए। प्रहारपछि उनी हतार हतार बसमा गएर कारमा पुगेर बसेका थिए।

घटनापछि वेस्ट पाम बिचमा रहेको ट्रम्प अभियानको कार्यालय बन्द गरिएको छ। उ रहेको झाडीको नजिकै सुरक्षा कर्मीले केही हतियार समेत फेला परेको छ। फ्लोरिडाको रहेको ट्रम्प अन्तर्राष्ट्रिय गल्फ कोर्स ३ व्यस्त सडकको बिचमा छ।

अमेरिकी गुप्तचर निकायले इरानको ट्रम्प माथिको साइबर र शारिरिक आक्रमणको योजना रहेको थप शङ्का गर्ने आधारहरू बढ्दै गएको जनाएको छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू अझ बलियो भएको बताउँदै आफू कहिले पनि हरेक नखाने प्रतिक्रिया दिएका छन्। ट्रम्पमाथि यसअघिसमेत गोली प्रहार भएको थियो।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ६ : ३२ बजे

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको

सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गर्ने कुलमानको निर्णय

काठमाडौं – सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ

एमालेलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता हो : पोखरेल

काठमाडौं – नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज

तोरी फुलेर पहेँलै कावासोती र देवचुली (तस्बिरहरू)

नवलपरासी– नवलपरासी (सुस्तापूर्व) को कावासोती र देवचुली नगरपालिकाको विभिन्न स्थानमा

मानव अधिकार सुनिश्चित गर्ने मार्गमा भ्रष्टाचार गम्भीर चुनौती : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा रानाले गरिबी, बेरोजगारी, सामाजिक असमानता, लैङ्गिक हिंसा,