चर्चामा ‘ज्वाइँ साब’ « Khabarhub

चर्चामा ‘ज्वाइँ साब’


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ। चलचित्रको हालै सार्वजनिक ‘फर्स्ट लुक लुक’ र ‘टिजर’ले दर्शकबीच उत्सुकता बढाएको थियो।

गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै चलचित्रको चर्चा थप चुलिएको हो।

फूलपातीको अवसर पारेर आगामी असोज २४ गते रिलिज हुन लागेको ‘ज्वाइँ साब’को यो गीतले चलचित्रलाई थप उचाइमा पुर्याएको निर्देशक वसन्त निरौलाले बताए।

“पोस्टर र टिजरले चलचित्रको ‘हाइप क्रिएट’ गरेको थियो,” उनले भने, “यो गीत आएपछि हाइप झन् बढेको छ। अहिले विदेशबाट समेत चलचित्रको माग आइरहेको छ।” उनले विदेशमा र स्वदेशमा चलचित्र एकै दिन रिलिज गर्ने तयारी गरिरहेको बताए।

चलचित्रको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ। चलचित्रले दर्शकलाई फरक अनुभव दिने निर्देशक निरौलाले बताए। ‘ज्वाइँ साब’ चलचित्र रेड आई फिल्मको प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको हो।

यस चलचित्रमा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गरेका छन्। बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको यस चलचित्रमा अभिनय रहेको छ।

चलचित्रका कार्यकारी निर्माता विजय बस्याल र अन्य निर्मातामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ रहेका छन्। संगीत अर्जुन पोखरेल र महेश ताम्राकारको छ। द्वन्द्व निर्देशन सञ्जय थापाको छ भने छायाङ्कन श्याम तामाङले गरेका छन्। चलचित्रको सम्पादन सन्देश शाहले गरेका हुन्।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ६ : ५६ बजे

इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु

इस्लामाबाद– पाकिस्तानको राजधानी इस्लामाबादमा एक घरमा आयोजना गरिएको विवाह समारोहपछि

आठ तला ढाक्ने ‘कुमारी’को पोस्टर

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कुमारी’

ग्रिनल्यान्डबारे अमेरिकी विदेशमन्त्री रुबियोले डेनमार्कसँग वार्ता गर्ने

वाशिङ्टन- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ग्रिनल्यान्डको भविष्यका विषयमा अर्को हप्ता

एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’

काठमाडौं– एनसेलले जेन–जी पुस्तालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’

राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल,