आर्सनल र न्यूक्याशलको अपराजित यात्रा कायम « Khabarhub

आर्सनल र न्यूक्याशलको अपराजित यात्रा कायम


३१ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपको नर्थ लन्डन डर्बीमा आर्सनलले टोटनहाम हस्टस्पर्समाथि १-० को जित हात पारेको छ।

आर्सनललाई जित दिलाउने क्रममा गाब्रियलले दोस्रो हाफमा हेड गोल गरेका थिए। आर्सनल कप्तान मार्टिन ओडेगार्ड बिना मैदानमा उत्रेको थियो। ओडगार्ड इन्जुरीको कारण सहभागी नभएको खेलमा टोलीका भरपर्दा मिडफिल्डर डेक्लान राइस् भने प्रतिबन्धका कारण उपस्थित थिएनन्।

आर्सनलका गोलरक्षक डेभिड राजाले खेलमा केही शानदार बचाउ गरेका थिए। ६४ औं मिनेटमा गाब्रियलले हेड गोल गरेका हुन्। सेट पिसमा कमजोर टोटनहाम फेरि एक पटक आर्सनलसँग सेट पिसमा चुकेको कारण नै पराजय स्वीकार गर्न बाध्य भएको छ।

गत सिजन टोटनहामले खाएको ५४ मध्येका १६ गोल सेट पिसमा नै थिए। अर्को खेलमा एक गोलले पछि परेको न्यु क्याशल कम ब्याक गर्दै २-१ ले हराएको छ।

कम ब्याक गर्दै जित हात पारेको न्यु क्याशलका लागि हार्भे र्बान्सले ८० औ मिनेटमा गोल गरेका हुन्। फाबियन स्कारको बराबरी गोलमा न्यु क्यशाल खेलमा फर्किएको खेलमा उनले २० यार्डबाट घुमाउरो प्रहार गर्दै गोल गरेका थिए।

३६ औ मिनेटमा मारियो लेमिनाको गोलमा घरेलु टोलीले अग्रता लिए पनि त्यसलाई जोगाउन भने सकेन। चार खेलमा उल्भ्स जित रहित छ भने न्युक्याशल अविजित छ। ४ खेलमा शत प्रतिशत जित सहित म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ यसैगरी, आर्सनल १० अङ्क सहित दोस्रो स्थानमा छ। समान १० अङ्क भएको न्यूक्याशल तेस्रो स्थानमा छ भने लिभरपुल ९ अङ्क सहित चौथो तथा अस्टनभिल्ला पाँचौँ स्थानमा छन्।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ७ : ४१ बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड