ट्रम्प पुगेको स्थानमा फेरि चल्यो गोली « Khabarhub

ट्रम्प पुगेको स्थानमा फेरि चल्यो गोली


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी नोभेम्बर ५ को चुनावका रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरी हमलाको प्रयास भएको छ । फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको उनको गल्फ कोर्समा गल्फ खेलिरहेको बेला गोली चलेको हो ।

सेक्रेट एजेन्टहरुले गोल्फ कोर्स नजिकै एक-४७ सहित एक व्यक्तिलाई देखेपछि गोली चलाएका थिए । तर यस घटनामा ट्रम्प लक्षित गोली प्रहार भने भएको थिएन ।

ट्रम्पको अभियानको मुख्यालय पनि सोही गल्फ कोर्सको परिसरमा रहेकाले ती व्यक्तिले ट्रम्पलाई नै निशाना बनाउन  सो स्थलमा आएको मिडिया रिपोर्टमा उल्लेख छ ।

राइफल बोकेका रायन वेस्ली रोथ नाम गरेका एक व्यक्तिलाई पक्राउ गरिएको र यस विषयमा अनुसन्धान भइरहेको सिबिआईले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यसैबीच पूर्व राष्ट्रपति तथा ह्वाइट हाउसका उम्मेदवार ट्रम्प आफैँले आफू सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन् ।

आफ्ना समर्थकहरूलाई दिएको सन्देशमा डोनाल्ड ट्रम्पले आफू सुरक्षित रहेको बताएका छन् । मेरो वरिपरि गोलीको आवाज सुनियो, तर घटनाको बारेमा अफवाहहरू फैलनु अघि, आफू ठिक र सुरक्षित रहेको जानकारी गराएका छन् । उनले आफूलाई चुनावी अभियानबाट कसैले हटाउन नसक्ने बताए ।

यसैबीच राष्ट्रपति चुनावमा उनकी प्रतिद्वन्द्वी कमला ह्यारिसले यो घटनाको निन्दा गरेकी छन् ।

यसअघि जुलाई १४ मा पेन्सिलभेनियामा ट्रम्पको र्‍यालीमा गोली चलेको थियो । उक्त घटनामा एक जनाको ज्यान गएको थियो भने अन्य दुई जना घाइते भएका थिए । आक्रमणकारी २० वर्षीय थोमस म्याथ्यू क्रुक्सको रूपमा पहिचान गरिएको थियो, जसलाई आक्रमणको लगत्तै गोप्य सेवा स्नाइपरहरूले मारेका थिए ।

ट्रम्प आक्रमणबाट थोरै मात्र बचेका थिए र गोली उनको कानलाई छोएर गएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १० : २१ बजे

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी

गोरखामा मरुवा सङ्क्रमणका कारण चैते धानमा क्षति

गोरखा – गोरखामा व्यावसायिक रूपमा लगाइएको चैतेधानमा मरुवा रोगको सङक्रमण

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु