राष्ट्रियसभा अध्यक्षसमक्ष नवनिर्वाचित समिति सभापतिको शपथ | Khabarhub Khabarhub

राष्ट्रियसभा अध्यक्षसमक्ष नवनिर्वाचित समिति सभापतिको शपथ


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभा मातहतका दुई विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सिंहदरबारमा आज आयोजित समारोहमा अध्यक्ष दाहालसमक्ष विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले शपथ लिएका हुन्।

विषयगत समितिका सभापतिले निर्वाचित भएपछि अध्यक्षसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । उनीहरु आजै आ–अफने समितिमा भएको निर्वाचनबाट निर्वाचित भएका हुन् ।

अध्यक्षले नवनिर्वाचित सभापतिलाई खादा र पुष्पगुच्छा प्रदान गरी बधाई ज्ञापन गरे । शपथ ग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरे र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरू उपस्थिति थिए।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १२ : ५७ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा