मादी नदीले बगाएका एक बालक अझै भेटिएनन्  | Khabarhub Khabarhub

मादी नदीले बगाएका एक बालक अझै भेटिएनन् 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँमा मादी नदीले बगाएका एक बालक एक साता हुँदा पनि अझ फेला परेका छैनन् । प्रहरीले दिएको जानकारी अनुसार व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड थापा गत सोमबारदेखि बेपत्ता भएका हुन् ।

 उनी व्यास नगरपालिका–४ स्थित कन्काई बोडिङ स्कूलमा कक्षा १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । 

घरबाट विद्यालय जान्छु भनी हिँडेका उनी विद्यालय नगई साथीभाइसँग नदीमा नुहाउन गएका थिए । बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएका थिए ।  

सोमबार दिउँसो १ बजेको समयमा मादी नदीले एक बालक बगाएको भनी प्रहरीमा सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। घट्ना भएको दिनदेखि प्रहरीले आफ्नो क्षेत्रबाट खोजीलाई तीव्रता दिँदै आए पनि फेला पार्न उनले बताए ।

ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले सोधपुछका नियन्त्रणमा लिएर छाडिसकेको छ । बालकका बुबा श्रीरामले भने छोराको नियोजित हत्या भएको बताए । 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १ : ४२ बजे

प्रधानमन्त्री भन्छन्- संविधान संशोधनका लागि छलफल हुँदैछ

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको

मर्स्याङ्दीमा पूर्ण क्षमतामा विद्युत् उत्पादन

तनहुँ – आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा

श्रम स्वीकृति भएका नेपालीलाई भारतबाट अर्को देश जाँदा एनओसी नचाहिने

काठमाडौं- श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थलको प्रयोग गरेर

सोमबार अन्तिम उडान गरेर एयर इन्डियामा विलय हुँदै ‘भिस्तारा’

नयाँदिल्ली- भारतीय एयरलाइन्स कम्पनी ‘भिस्तारा’ले सोमबार आफ्नो उडान भर्दैछ ।

स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले बिमाको दायरा