सहकारी छानबिन प्रतिवेदमा सबै सदस्यको हस्ताक्षर, रविको नाम किटान « Khabarhub

सहकारी छानबिन प्रतिवेदमा सबै सदस्यको हस्ताक्षर, रविको नाम किटान


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले प्रतिवेदमा सबै सदस्यले हस्ताक्षर गरेका छन् ।

समिति सदस्यहरू सत्ता पक्षबाट कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र दिलेन्द्र बडू, एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्रीले हस्ताक्षर गरेका छन् । थापा समिति सभापति हुन् ।

यस्तै प्रतिपक्षबाट माओवादी केन्द्रका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधानले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेको नाम किटान गरेर रास्वपा सांसद खनालले हस्ताक्षर गरेको समिति सदस्यका सदस्यहरूले खबरहबलाई बताए ।

सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले प्रतिवेदन आजै बसिरहेको संसद् बैठकमा पेस गर्दै छ ।

रविले गोरखा मिडियाबाट लिएको १५ प्रतिशत शेयरलाई गैरकानूनी भएको, हस्ताक्षर र ल्याप्चे पनि उनकै हुनसक्ने प्रतिवेदनमा उल्लेख भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ०२ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत