'संविधानको मर्मविपरीत जनयुद्धलाई अपमानित गर्ने छुट कसैलाई छैन' | Khabarhub Khabarhub

‘संविधानको मर्मविपरीत जनयुद्धलाई अपमानित गर्ने छुट कसैलाई छैन’


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले आफ्नो पार्टीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई अपमान गरिएको र यो विगतमा भएका सहमति सम्झौता तथा संविधानको मूल मर्मविपरीत रहेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै धारणा राख्दै उनले विगतको सहमति तथा सम्झौता विपरीत सांसदहरुले शब्द प्रयोग गरेको बताए । ‘जनयुद्धले उठाएको एजेण्डाका आधारमा मुलुक आजको दिनमा आइपुगेको स्पष्ट पार्दै उनले गलत भाष्य स्थापित नगर्न ध्यानाकर्षण गराए। 

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका बस्नेतले अरुण तेस्रो जलविद्युत् आयोजनालाई समयमा बन्न दिइएको भए लोडसेडिङ २०६५ सालमै अन्त्य हुने उल्लेख गरे ।

 उनले भने ‘सो आयोजना कसले किन बन्न दिएन ? कसको कारण रोकियो ?’ 

उनले सत्तारुढ दलका तर्फबाट सदनमा व्यक्त भएको धारणाप्रति स्पष्ट पार्नसमेत अनुरोध गरे । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका नेता बस्नेतले इतिहासमा सीमित भएको संविधानसभालाई जनयुद्धले नै स्थापित गरेको बताए । क्रान्तिलाई हिंसाका रुपमा मात्रै लिने हो भने २००७ सालको सङ्घर्षलाई के भन्ने ? २०२८ सालको झापा विद्रोहलाई के भन्ने ? भन्दै उनले प्रश्न गरे । 

उनले सांसदहरुबाट व्यक्त भएको धारणाप्रति आफ्नो दलको तर्फबाट आपत्ति, विरोध कायम नै रहेको सांसद बस्नेतको भनाइ छ । उनले केही महत्वपूर्ण विधेयक अगाडि बढाउनुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्न लागेको सन्दर्भलाई जोड्दै सदनलाई सञ्चालन गर्न दिने निर्णय गरिएको स्पष्ट पारे। 

सांसद देवेन्द्र पौडेलले केही दिन पहिले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्षलगायत तीन जनाको निधन भएको जानकारी दिँदै त्यस्ता दुर्घटना कम गर्न लागि सरकारको ध्यानाकर्षण गराए। 

उनले सडक दुर्घटनालगायतका अन्य विपदमा परेका नागरिकलाई तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरे। सांसद माधव सापकोटाले केही दिन पहिले सिन्धुपाल्चोकमा बलेरो गाडी दुर्घटनामा परी बेपत्ता भएका सोनु शेर्पाको खोजीलाई तीव्र पार्न आग्रह गरे । 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : ५९ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले