प्रधानमन्त्री भन्छन्- नेपालको कसैसँग शत्रुता छैन, सबैसँग मित्रता छ « Khabarhub

प्रधानमन्त्री भन्छन्- नेपालको कसैसँग शत्रुता छैन, सबैसँग मित्रता छ


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा राष्ट्रका विषय, राष्ट्रका कुरा, समस्या, चुनौती र अभिभारामा केन्द्रित भएर आफ्नो विचार राख्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभालाई महासभामा जान लागेको जानकारी गराउँदै उनले त्यहाँ नेपालको आफ्नो नीति, दृष्टिकोण, अडान, समस्या, उपलब्धि र अगाडि बढ्नुपर्ने अभिभाराबारे कुरा राख्ने बताएका हुन् ।

नेपालले प्राप्त गरेको लोकतन्त्र, लोकतन्त्रलाई व्यवस्थित गर्न बनाइएको संविधानलगायतको विषयमा पनि महासभामा राखिने उनले बताए ।

‘हामीले प्राप्त गरेको लोकतन्त्र, लोकतन्त्रलाई व्यवस्थित गर्न हामी आफैंले बनाएको संविधान र संविधानका विभिन्न पक्षहरू र नेपालको लोकतन्त्रप्रतिको प्रतिवद्धतालाई मै प्रष्ट गर्नेछु । नेपाल सार्वभौमसत्ता सम्पन्न, स्वाधीन र स्वतन्त्र राष्ट्र हो,’ उनले भने ।

आफ्ना राष्ट्रिय हितहरू, जायज राष्ट्रिय हितहरू, न्योचित राष्ट्रिय हितहरू र अन्तर्राष्ट्रिय उत्तरदायित्व पूरा गर्ने सन्दर्भमा नेपालको प्रतिबद्धता व्यक्त गर्ने पनि उनले बताए ।

नेपाल असल छिमेकीको रुपमा छिमेकी राष्ट्रसँगको सम्बन्ध राख्न चाहने कुरा पनि आफूले जानकारी गराउने उनले बताए ।

‘छैन कसैसँग शत्रुता, सबैसँग छ मित्रता’ नीतिबाट नेपालको परराष्ट्र नीति निर्देशित रहेको उनले बताए ।

संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरू, आन्तरिक मामलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र हैसित र नीतिमा हुने हस्तक्षेप अस्वीकार गर्ने नेपालको स्थापित नीति रहेको उनले बताए । उक्त कुरा संयुक्त राष्ट्रसंघमा राखिने उनले बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : ०० बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १२ गते शुक्रबार। मंसिर शुक्ल पक्षको

आज २०८२ साल मंसिर १२ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १२ गते शुक्रबार। मंसिर शुक्ल पक्षको

मधेशकी वनमन्त्री विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

जनकपुरधाम– राप्रपाले पार्टीको निर्देशनविपरीत मधेश प्रदेश सरकारमा सहभागी भएकी मन्त्री

यूएईमा समस्यामा परेका विद्यार्थीले विवरण पेस गर्न दूतावासको आग्रह

काठमाडौं- अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५