समाचार

सभापति थापाले भने- सहकारी ठगीमा मुछिएका २९ फरार भेटिएनन्

By खबरहब

September 16, 2024

काठमाडौं–सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेका छन् ।

उनले सोमबार प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेका हुन् । उनले सहकारीको रकम अपचलन गरेर २९ जना फरार भएकोसमेत जानकारी गराए ।

उनले भने, ‘जीबी राईसहित २९ जना फरार व्यक्ति भेटिएन । सरकारलाई खोज्न भनेका थियौँ । ५५ जनासँग सोधपुछ गरेका छौँ । समितिले विभिन्न सरोकार वालासँग पनि छलफल गरेको छ ।’

उनले सहकारीको समस्यालाई गम्भीर रूपमा अध्ययन गरेको बताए । उनले बचत तथा ऋणको कारोबार भएको सहकारीमा सबैभन्दा बढी समस्या भएको बताए ।