शेयर बजार २५८० विन्दुमा झर्‍यो, कारोबारमा पनि गिरावट | Khabarhub Khabarhub

शेयर बजार २५८० विन्दुमा झर्‍यो, कारोबारमा पनि गिरावट


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भारी अंकको गिरावट आएको छ । सोमबार नेप्से ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा पुगेको हो । 

नेप्से घट्दा कारोबार पनि घटेको छ । आइतबार १० अर्बको कारोबार हुँदा सोमबार ७ अर्ब ३६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज प्रि–ओपन सेसनमा करिब २ अंकले घटेर सुरु भएको बजार खुलेदेखि निरन्तर ओरालो लागेको थियो । दिनभरमा बजार ६ पटक उकालो लाग्न खोजेको भएपनि बजार भने बढ्न सकेन । बजार निकै अंकले् घट्दा पनि अन्तिम २ मिनेटमा केही करेक्सन आएकाले बजार ५७ अंकको गिरावट मात्र भयो । अंकको

बजार घट्दा १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर किनबेच भएको छ । जसमा १४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३१२ वटा कम्पनीको शेयर कारोबार हुँदा ९२ हजार ८१५ पटक शेयर कारोबार भएको छ । आज ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागको छ भने २ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ५.६६ प्रतिशतले घटेर ३ हजार १०९३.५२ विन्दुमा आएको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह १.१७ प्रतिशतले घटेर २१.१७ विन्दुमा आएको छ । 

त्यस्तै बैंकिङ समूह १.५९ प्रतिशतले, विकास बैंक २.७२ प्रतिशतले, होटल एण्ड टुरिजम २.७९ प्रतिशतले, हाइड्रोपावर २.२८ प्रतिशतले, लगानी समूह २.५३ प्रतिशतले, जीवन बीमा १.९१ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.७१ प्रतिशतले, लघुवित्त २.४३ प्रतिशतले, निर्जीवन बीमा १.९१ प्रतिशतले, अन्य समूह २.३३ प्रतिशतले र ट्रेडिङ समूह २.७६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : १९ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले