राष्ट्रिय सभा : १६ औं अधिवेशनमा १२ वटा विधेयक पारित | Khabarhub Khabarhub

राष्ट्रिय सभा : १६ औं अधिवेशनमा १२ वटा विधेयक पारित


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय सभाको १६ औं अधिवेशनमा १२ वटा विधेयक पारित भएका छन् ।

गत बैशाख २८ गतेबाट सुरु भइ भदौ ३१ गते अन्त्य भएको राष्ट्रियसभाका जम्मा ४० वटा बैठक बसेको थियो । संघीय संसद्को दुवै सदनबाट नेपाल विश्वविद्यालय विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक,  बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक लगायत पारित भएको थियो ।

बैठकमा सवारी दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सभामा छलफल भई सर्वसम्मतिले स्वीकृत भएको थियो भने प्रधानमन्त्री-मन्त्रीहरुसँग प्रश्नोत्तर कार्यक्रम पनि यसै अधिवेशनबाट सुरु गरिएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।

त्यस्तै हरेक दिन अनिवार्य रुपमा शून्य समय राख्ने कार्यको पनि थालनी भएको थियो । 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : ३६ बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको