राष्ट्रिय सभा : १६ औं अधिवेशनमा १२ वटा विधेयक पारित « Khabarhub

राष्ट्रिय सभा : १६ औं अधिवेशनमा १२ वटा विधेयक पारित


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको १६ औं अधिवेशनमा १२ वटा विधेयक पारित भएका छन् ।

गत बैशाख २८ गतेबाट सुरु भइ भदौ ३१ गते अन्त्य भएको राष्ट्रियसभाका जम्मा ४० वटा बैठक बसेको थियो । संघीय संसद्को दुवै सदनबाट नेपाल विश्वविद्यालय विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक,  बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक लगायत पारित भएको थियो ।

बैठकमा सवारी दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सभामा छलफल भई सर्वसम्मतिले स्वीकृत भएको थियो भने प्रधानमन्त्री-मन्त्रीहरुसँग प्रश्नोत्तर कार्यक्रम पनि यसै अधिवेशनबाट सुरु गरिएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।

त्यस्तै हरेक दिन अनिवार्य रुपमा शून्य समय राख्ने कार्यको पनि थालनी भएको थियो । 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : ३६ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र