काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषी हुँदै होइनौँ भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण कुरा भएको बताएका छन् ।
उनले सहकारीकै पैसाबाट उनको तलब भत्ता चलेको र रवि जिम्मेवारी तहमा बस्दा सहकारीबाटै पैसा आएको थाहा पाएको कारण क्लीन चिट भएको कुरा गैरजिम्मेवारपूर्ण भएको बताए ।
‘प्रतिवेदनको सम्पूर्ण कुरा आइसकेको छैन । गोर्खा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीबाट लिएको छ । अन्य कहीँबाट पनि लिएको छैन । गोरखा मिडिया नै सहकारीको पैसाबाट चलेको रहेछ भनेर सूर्य थापाले त्यहीँ भने ।’ महतले भने, ‘गोरखा मिडियाको सीईओ भएर रवि लामिछाने बस्नुभएको थियो । सहकारीकै पैसाबाट उहाँको तलब भत्ता चलेको रैछ । उहाँ जिम्मेवारी तहमा बस्दा सहकारीबाटै पैसा आएको रछ ।’
उनले लामिछानेले लिनै नहुने, लिनै नमिल्ने पैसा लिएर तलब भत्ता खाएको पनि बताए ।
उनले भने, ‘हामी दोषी हुँदै होइनौँ भनेर घोषणा गर्दै हुनुहुन्छ भने त्योभन्दा गैरजिम्मेवारपूर्ण कुरा के हुन सक्छ ?’
प्रतिक्रिया