रविले दोषी हुँदै होइनौँ भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण कुरा : प्रवक्ता महत « Khabarhub

रविले दोषी हुँदै होइनौँ भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण कुरा : प्रवक्ता महत


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका  प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषी हुँदै होइनौँ भनेर घोषणा गर्नु गैरजिम्मेवारपूर्ण कुरा  भएको बताएका छन् । 

उनले सहकारीकै पैसाबाट उनको तलब भत्ता चलेको र रवि जिम्मेवारी तहमा बस्दा सहकारीबाटै पैसा आएको थाहा पाएको कारण क्लीन चिट भएको कुरा गैरजिम्मेवारपूर्ण भएको बताए । 

‘प्रतिवेदनको सम्पूर्ण कुरा आइसकेको छैन । गोर्खा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीबाट लिएको छ । अन्य कहीँबाट पनि लिएको छैन । गोरखा मिडिया नै सहकारीको पैसाबाट चलेको रहेछ भनेर सूर्य थापाले त्यहीँ भने ।’ महतले भने, ‘गोरखा मिडियाको सीईओ भएर रवि लामिछाने बस्नुभएको थियो । सहकारीकै पैसाबाट उहाँको तलब भत्ता चलेको रैछ । उहाँ जिम्मेवारी तहमा बस्दा सहकारीबाटै पैसा आएको रछ ।’ 

उनले लामिछानेले लिनै नहुने, लिनै नमिल्ने पैसा लिएर  तलब भत्ता खाएको पनि बताए ।

उनले भने, ‘हामी दोषी हुँदै होइनौँ भनेर घोषणा गर्दै हुनुहुन्छ भने त्योभन्दा गैरजिम्मेवारपूर्ण कुरा के हुन सक्छ ?’

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ४ : २९ बजे

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन