फ्रान्सद्वारा विदेशमन्त्री सेजोर्नलाई युरोपेली आयोगमा मनोनित | Khabarhub Khabarhub

फ्रान्सद्वारा विदेशमन्त्री सेजोर्नलाई युरोपेली आयोगमा मनोनित


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको कार्यालयले सोमबार विदेशमन्त्री स्टेफन सेजोर्नलाई युरोपेली आयोगमा काम गर्ने गरी उनको नाम सिफारिस गरेको छ ।

फ्रान्सका अनुभवी युरोपेली आयुक्त थियरी ब्रेटनले सोमबार एक्कासि राजीनामा दिएपछि म्याक्रोँले उक्त स्थानमा सेजोर्नलाई सिफारिस गरेका हुन् ।

एलिसी प्यालेसले सोमबार जारी गरेको एक भनिएको छ, ‘सेजोर्नले ‘सबै आवश्यक मापदण्डहरू पूरा गर्नुभएको छ’।’

युरोपेली संसद्‌मा उदार नवीकरण समूहको नेतृत्व गर्ने आफ्नो अघिल्लो अनुभवलाई उजागर गर्दै राष्ट्रपतिको कार्यालयले भनेको छ, ‘औद्योगिक र प्राविधिक सार्वभौमिकता र युरोपेली प्रतिस्पर्धात्मकता’ मा ब्रेटनले ध्यान केन्द्रित गरेजस्तै जिम्मेवारी बहन गर्नुपर्नेछ ।’

यसैबीच ब्रसेल्सबाट प्राप्त जानकारी अनुसार, युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले फ्रान्सका शक्तिशाली युरोपेली आयुक्त थियरी ब्रेटनको राजीनामा स्वीकृत गरेको जानकारी गराएकी छन् । 

‘ईयू प्रमुख लेयनले थियरी ब्रेटनको राजीनामा स्वीकृत गर्नुभएको छ र आयुक्तको रूपमा आफ्नो कार्यकालभर गरेको कामका लागि धन्यवाद दिनुभएको छ,’ ईयूका प्रवक्ताले सञ्चारकर्मीसँगको भेटमा भनिन्। 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ५ : ०० बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना