फ्रान्सद्वारा विदेशमन्त्री सेजोर्नलाई युरोपेली आयोगमा मनोनित « Khabarhub

फ्रान्सद्वारा विदेशमन्त्री सेजोर्नलाई युरोपेली आयोगमा मनोनित


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको कार्यालयले सोमबार विदेशमन्त्री स्टेफन सेजोर्नलाई युरोपेली आयोगमा काम गर्ने गरी उनको नाम सिफारिस गरेको छ ।

फ्रान्सका अनुभवी युरोपेली आयुक्त थियरी ब्रेटनले सोमबार एक्कासि राजीनामा दिएपछि म्याक्रोँले उक्त स्थानमा सेजोर्नलाई सिफारिस गरेका हुन् ।

एलिसी प्यालेसले सोमबार जारी गरेको एक भनिएको छ, ‘सेजोर्नले ‘सबै आवश्यक मापदण्डहरू पूरा गर्नुभएको छ’।’

युरोपेली संसद्‌मा उदार नवीकरण समूहको नेतृत्व गर्ने आफ्नो अघिल्लो अनुभवलाई उजागर गर्दै राष्ट्रपतिको कार्यालयले भनेको छ, ‘औद्योगिक र प्राविधिक सार्वभौमिकता र युरोपेली प्रतिस्पर्धात्मकता’ मा ब्रेटनले ध्यान केन्द्रित गरेजस्तै जिम्मेवारी बहन गर्नुपर्नेछ ।’

यसैबीच ब्रसेल्सबाट प्राप्त जानकारी अनुसार, युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले फ्रान्सका शक्तिशाली युरोपेली आयुक्त थियरी ब्रेटनको राजीनामा स्वीकृत गरेको जानकारी गराएकी छन् । 

‘ईयू प्रमुख लेयनले थियरी ब्रेटनको राजीनामा स्वीकृत गर्नुभएको छ र आयुक्तको रूपमा आफ्नो कार्यकालभर गरेको कामका लागि धन्यवाद दिनुभएको छ,’ ईयूका प्रवक्ताले सञ्चारकर्मीसँगको भेटमा भनिन्। 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ५ : ०० बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको