गल्फकोर्ष गोली काण्डका आरोपी राउथको ट्रम्प र रुसप्रतिको उत्तिकै घृणा  | Khabarhub Khabarhub

गल्फकोर्ष गोली काण्डका आरोपी राउथको ट्रम्प र रुसप्रतिको उत्तिकै घृणा 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्रम्प अन्तर्राष्ट्रिय गल्फ कोर्षका गोली काण्डका आरोपी रेयन विस्ली साउथका बारे सीबीसी न्युजले समाचार प्रकाशन गरेको छ । उनको सामाजिक सञ्जालको प्रोफाइल अनुसार सबैले युक्रेनलाई रुसको विरुद्धको युद्धमा सहयोग गर्न अपिल गरेका छन् । 

न्यु योर्क टाइम्सकै अनुसार कुनै सैन्य अनुभव नभएका राउथ सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरे पछि तालिवानसँग भिडेका अफगान सेना खोज्न युक्रेन पुगेका थिए । 

‘सेनाहरूले अहिले मलाई सम्पर्कको प्रयास नगर्नु होला । म अझै युक्रेनलाई सहयोग गर्न अफगान सेनाको खोजीमा छु ,’ जुलाई महिनामा राउथले फेसबुकमा लेखेका थिए । सीबीसीकै रिपोर्ट अनुसार उनी माथि थुप्रै फौजदारी अभियोग छन् । यी नै मध्यको हातहतियार सम्बन्धी पनि हो । 

उनी युक्रेन पुगे पछि भने विचार बदलेका थिए । पाको उमेर र सैन्य अनुभव नभएका कारण लड्ने सोचाइ छाडेका हुन् । परन्तु युक्रेनलाई सहयोग गर्नु पर्ने विचारमा उनी अडिग नै रहेका थिए । संसारमा विभिन्न सञ्चार माध्यमले लगातार उनको अन्तरवार्ता समेत विगतमा प्रकाशित गरेका थिए । 

रोमानियाको समाचार माध्यम न्युज विकमा दिएको अन्तरवार्तामा उनले युक्रेनले भिसा दिएर अफगान सेना बोलाउनु पर्ने जिकिर समेत गरेका थिए । उनकै छोरा ओरानले भने आफ्ना बाबु दयालु र मायालु भएको प्रतिक्रिया दिएका छन् । घटना हुँदा राउथसँग एके ४७ राइफल थियो ।  उनको पछिल्लो समयको वासस्थान हवाइ हो । तथापि उनी नर्थ क्यारोलिनाका बासिन्दा हुन् । टहरो बनाउने कम्पनी क्याम्प बक्स हनाउलुका उनी मालिक समेत हुन् । 

उनको रेकर्ड हेर्दा उनी सन् १९९८ मा उत्तरी क्यारोलिना  कृषि तथा प्रविधि प्रान्तीय विश्वविद्यालयका ग्य्राजुएट हुन् । सन् १९९० मा नक्कली चेकको अभियोग लागेका उनीमाथि विध्वंस कार्यका लागि हात हतियार ओसार पसारको अभियोग थियो । उनी माथि मानिसलाई पिटेर भाग्ने, हतियार, अपहरण र हिंसा लगायत अनेकौँ आरोप लागेका छन् । 

सन् २०२४ को डेमोक्र्याट पार्टीको प्राथमिक निर्वाचनमा उनले मत प्रयोग गरेका थिए । उनले ‘अन एफीलेटेड’ मतदाताको रूपमा मत दिएका थिए । ट्रम्पका बारे अनेकन घृणायुक्त पोस्टका कारण उनको ट्विटर एकाउन्ट बन्द भएको छ । उनले १३ जुलाईमा भएको ट्रम्प माथिको आक्रमणमा पनि चासो दिएका थिए । उनले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई सो समयमा घाइतेलाई भेट्न र मर्नेहरूको अन्त्येष्टि कार्यक्रममा सरिक हुन सुझाव दिएका थिए । 

राउथले गरेको आक्रमणमा बाबजुद ट्रम्पको चुनावी तालिकामा कुनै परिवर्तन भएको छैन । ५ नोभेम्बरमा हुने निर्वाचनमा उनकी विपक्षी तथा उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प सुरक्षित हुनुलाई आफू धन्यवादको पात्र भएको समेत बताएकी छिन् । उनले आफू सधैँ शान्तिको पक्षमा रहेको बताउँदै ट्रम्पलाई बचाउने सुरक्षा निकायका सबलाई धन्यवाद दिएकी छन् । 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ५ : ३७ बजे

आज २०८२ साल असोज ३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष