प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यको सपथग्रहण « Khabarhub

प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यको सपथग्रहण


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीसँगै आयोगका सदस्यहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

मुख्यमन्त्री चेतनारायण आचार्यले उपाध्यक्ष डा अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने उपाध्यक्ष अर्यालले सदस्य डा सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाललाई शपथग्रहण गराए । आयोगका उपाध्यक्षसहित सदस्यलाई आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो ।

प्रदेश योजना अयोग गठन तथा कार्य सञ्चालन आदेश २०८० को दफा १६ बमोजिम उपाध्यक्ष तथा सदस्यहरूले आफ्नो कार्यभार सम्हाल्नु अघि अनुसूची २ बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । 

सपथ ग्रहण कार्यक्रमपछि मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको सुखद् भविष्य निर्माण गर्न तथ्य र प्रमाणमा आधारित योजनालाई अघि बढाउन प्रदेश योजना आयोगलाई निर्देशन दिए। 

‘पहिलो आवधिक योजनाको जगमा प्रदेश उभिएको छ । अब हामी दोस्रो आवधिक योजना निर्माणको अन्तिम चरणमा छौँ’, उनले भने, ‘दोस्रो आवधिक योजनालाई पूर्णता दिन यहाँहरूको भूमिका प्रदेशले चाहेको छ ।’

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ६ : २२ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३