कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ « Khabarhub

कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कास्की – जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनामा ८६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

कार्यालयका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि भदौ १ देखि ३१ गतेसम्मका अवधिमा ६३ जना पुरुष र २३ महिला फरार प्रतिवादी पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

उनले भने, “सम्मानित अदालतको फैसला कार्यान्वयन गर्न विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखेका छौँ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट त्यसका लागि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।”

पक्राउ परेकाको कैद हिसाब गर्दा आठ वर्ष १० महिना एक दिन हुन आउँछ । उनीहरूबाट रु ४६ लाख ९२ हजार नौ सय जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये चेक अनादार मुद्दामा ५२, लागुऔषध मुद्दामा नौ, चोरीसम्बन्धी मुद्दामा एक, अपहरण तथा शरीर बन्धकमा एक, हातहतियार तथा खरखजना मुद्दामा एक, नागरिकता तथा छाप दस्तखत किर्ते मुद्दामा एक, राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानी गरेको मुद्दामा दुई रहेका छन् ।

यसैगरी बालयौन दुरुपयोग मुद्दामा दुई, बैंकिङ कसुर मुद्दामा छ जना, अभद्र व्यवहारमा तीन, लेनदेनमा तीन, सवारी ज्यान मुद्दामा दुई र जालसाझीमा मुद्दामा तीन जना रहेको प्रनाउ शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ९ : ०९ बजे

पुस्तकमा एउटा प्रशासकको बकपत्र- ‘मैले भ्रष्टाचार गरेको छैन’

काठमाडौं– नेपाल वायुसेवा निगमले ०७५ सालमा एयरबस कम्पनीका दुईवटा विमान

सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

बागलुङ– तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको

पूर्वतिर कुलमान : धरान पुग्दा हर्कले भेट्न नमानेपछि सार्वजनिक गरे बालेनसँगको फोटो

काठमाडौं- उज्यालो नेपाल पार्टीका नेता एवम् ऊर्जामन्त्री कुलमान घिसिङ पूर्वी

सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक