नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट | Khabarhub Khabarhub

नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गरिरहेको छ । ८ औं ओभरको खेल सकिँदा क्यानडाले एक विकेट गुमाएर १७ रन बनाएको छ ।

७ औं ओभरमा बलिङ गर्न आएका ललित राजवंशीले पहिलो बलमा नै विकेट लिए । १६ बलको सामना गरी १० रन बनाएका क्यानडाका ओपनर ब्याट्सम्यान आरोन जॉनसनलाई ललितले क्याच आउट गराएका हुन् ।

क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन् ।

क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा क्यानडा र दुई प्रतिस्पर्धा ओमानसँग गर्दैछ। क्यानडासँग नेपालले दोस्रो खेल असोज ६ गते खेल्नेछ। नेपालले ओमानसँगको दुई सिरिज भने असोज २ र ८ गते खेल्नेछ।

नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी(२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ। क्यानडामा सिरिज खेलिसकेर नेपाल लिग २ का लागि अमेरिका पुग्नेछ। अमेरिकामा नेपालले स्कटल्याण्ड र अमेरिकासँग त्रिकोणात्मक र टी–२० आई सिरिज खेल्नेछ।

चार खेल खेलेको नेपालको २ अंक छ। यसअघि त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँगका दुई खेलमा हार खाएको थियो भने नेदरल्याण्डसँग एक जित र एक हारको नतिजा निकालेको थियो।

नेपालको प्लेलिङ ११ मा

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल९कप्तान०, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ९ : ३२ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा