विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ « Khabarhub

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ मूर्ति निर्माण गर्ने मूर्तिकार तथा कालिगडलाई भ्याइनभ्याइ छ ।

विश्वकर्मा पूजाका लागि विश्वकर्माको मूर्ति निर्माण गर्नेदेखि लिएर, निर्माण गरिएका मूर्तिहरू सिङ्गार गर्ने, पेन्ट लगाउने कार्यका लागि मूर्तिकारलाई भ्याइनभ्याइ भएको हो ।

असोज १ गते अर्थात् विश्वकर्मा पूजाका दिन सहर बजारका कलकारखाना, उद्योग, औजार र उपकरणलगायत काम गर्ने स्थानमा विश्वकर्माको माटोको कलात्मक मूर्ति राखेर पूजाअर्चना गर्ने प्रचलन रहेको मूर्तिकार महेन्द्र शाहले जानकारी दिए । विशेषगरी सोही पूजालाई मध्यनजर गरेर मूर्ति बनाउन निकै नै व्यस्त रहेका शाहले बताए ।

“झण्डै एक महिनादेखि विश्वकर्मा बाबाको मूर्ति बनाउँदै आएको छु, मूर्ति निर्माणका लागि धेरै अगाडिदेखि अडर आएको छ र ती बनाएका मूर्तिमा अहिले सिङ्गार गर्ने, पेन्ट लगाउने, आकर्षक बनाउनेलगायत क्रियाकलाप गरिराखेको छु”, उनले भने, “विश्वकर्मा पूजा आउन एक दिन मात्र बाँकी छ, मूर्ति छिट्टै तयार गरेको दिनुपर्ने भएकाले आज एकदमै भ्याइनभ्याइ भएको छ ।”

सुदूरपश्चिम प्रदेशकै व्यापारिक केन्द्रका रुपमा रहेका धनगढी बजारलगायत आसपासका विभिन्न स्थानमा मूर्तिकार हिजोआज विश्वकर्माको मूर्ति निर्माण गरेर बिक्री गर्न जुटेको पाइन्छ ।

प्रतिमूर्ति रु १० हजार पाँच सयमा ग्राहकलाई बिक्री गर्दै आएको मूर्तिकार शाहले बताउनुभयो । जसमध्येबाट पचास प्रतिशत फाइदा हुने गरेको उनले बताए । ग्राहकको मागअनुसार विभिन्न दररेटका पनि मूर्ति बनाउने गरेको शाहको भनाइ छ । एउटा मूर्ति बनाउन झण्डै एक हप्ता लाग्ने गरेको उनले बताए ।

विगत ३० वर्षदेखि मूर्तिकार पेसालाई अगाल्दै आएका शाहले विश्वकर्माको पूजा, छठ पूजा, वडादसैँ लगायत चाडपर्वमा अक्सर गरेर विभिन्न देवीदेवता लगायतका मूर्ति बनाएर बिक्री गर्ने गरेको बताए ।

मूर्ति निर्माणका लागि माटो, पराल, सुतली धागो, काठ, किला, बोरा लगायतका सामग्री प्रयोग हुने गरेको छ ।

विश्वकर्माको पूजाआराधना गर्दै उत्सव मनाउने गरिएको यो पर्वको लागी धनगढी बजार आसपासका क्षेत्रमा आज चहलपहल बढेको अजय ग्रीलका सञ्चालक अजय शर्माले बताए । उनले विश्वकर्माको भोलिको पूजाका लागि विशेष तयारी भइरहेको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १० : ४८ बजे

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ