पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प « Khabarhub

पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन ।

कम्पन बिहान स्थानीय समयानुसार १०ः४६ बजे मालात्या प्रान्तको काले शहरमा आएको थियो । यस क्षेत्रमा सन् २०२३ मा गएको विनाशकारी ७.८ म्याग्निच्युडको भूकम्पबाट नराम्ररी प्रभावित भएको थियो । उक्त भूकम्पमा टर्कीमा ५३ हजार ५०० भन्दा बढी र छिमेकी सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो ।

‘हाल ५.९ म्याग्निच्युडको भूकम्पपछि कुनै जनधनको क्षति भएको छैन,’ राज्यको एएफएडी विपद् व्यवस्थापन एजेन्सीले सामाजिक सञ्जाल एक्समा लेखेको छ।

केही समयपछि गृहमन्त्री अली येर्लीकायाले तीन अलग–अलग क्षेत्रमा तीनवटा भवन ‘आंशिक रूपमा भत्किएको’ र आपत्कालीन सेवाहरूले सहयोगका लागि दर्जनौँ फोन कलहरू प्राप्त गरेको बताए ।

उनले १८७ जना भूकम्पबाट प्रभावित भएका र तीमध्ये ४३ जना अस्पतालमा ‘निगरानीमा’ रहेको र धेरैलाई डिस्चार्ज गरिएको जानकारी दिए ।

मालात्याका स्थानीय अधिकारीहरूले पनि यस स्तरमा रिपोर्ट गर्नका लागि कुनै ‘नकारात्मक घटनाहरू’ नभएको बताए । यद्यपि प्रान्तीय गभर्नरले सबै प्राथमिक र माध्यमिक विद्यालय एक दिनका लागि बन्द गरिने जनाए ।

एएफपीका संवाददाताहरूका अनुसार, कम्पन दक्षिणपूर्वतर्फ लगभग १४० किलोमिटर (करिब ९० माइल) टाढा रहेको दियारबकिरसहित क्षेत्रका केही ठूला शहरमा बलियोसँग महसुस गरिएको थियो ।

टर्किश टेलिभिजन स्टेशनहरूले प्रसारण गरेका तस्वीरहरू अनुसार धेरै शहरका बासिन्दाहरू सडकमा निस्किएका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ९ : २० बजे

बागमती प्रदेशसभा बजेट अधिवेशन अन्त्य

बागमती – बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको

एमाले सचिवालय बैठकः महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन

काठमाडौं – नेकपा (एमाले)ले ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न

मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ

सङ्कटका बेला भारतले नेपाललाई गरेको सहयोग अविस्मरणीय छः मन्त्री घिसिङ

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सङ्कटको समयमा

उपल्लो मुस्ताङमा कायम निषेध फुकुवा गर्न प्रधानमन्त्रीसँग मुस्ताङका जनप्रतिनिधिको माग

काठमाडौं – मुस्ताङका स्थानीय तहका जनप्रतिनिधिले उपल्लो मुस्ताङको उपल्लो क्षेत्रमा