तस्बिर मनबहादुर साउदको फेसबुकबाट

ब्रेकिङ स्टोरी

डडेलधुराको अमरगढीमा बस दुर्घटना, चार जनाको मृत्यु, १२ घाइते

By खबरहब

October 16, 2024

डडेलधुरा – डडेलधुराको अमगरगढी नगरपालिका ७ खस्रेखानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १० ७८ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका- ३ की ४५ वर्षीया जैमती बोहोरा, अन्दाजी २१ वर्षीया कमला बोहोरा, उनका दुई दिनको नाबालक छोरा र अन्दाजी २२ वर्षीय सहदेव बोहराको उपचारकोक्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १२ यात्रु घाइते भएका छन् । डडेलधुराका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियाे ।

दुर्घटनालगत्तै उक्त क्षेत्रमा उद्दार गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल समेतको टोली परिचालित भएको थियो।