वडाध्यक्षलाई कार्यवाहक दिएर धरानका मेयर साम्पाङ बेलायततिर, उपमेयर असन्तुष्ट « Khabarhub

वडाध्यक्षलाई कार्यवाहक दिएर धरानका मेयर साम्पाङ बेलायततिर, उपमेयर असन्तुष्ट


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

धरान– धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई साम्पाङ वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर बेलायत भ्रमणमा निस्किएका छन् ।

साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई गत सोमबार देखि नै लागू हुने गरी  कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

धरानको उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।

उनले विगतमा पूर्व मेयरहरूले पनि वडाध्यक्षलाई कार्यवाहक दिने गरेको उल्लेख गर्दै यसलाई अन्यथा लिन नहुने स्पष्ट पारे ।

तर उपमेयर बेगाले भने यस अगाडिका मेयरले स्थानीय सरकार सञ्चालन ऐन भन्दा बाहिर गएर कुनै पनि गतिविधि नगरेको दाबी गरेका छन्।

उपमेयर बेघाले मंगलबार साँझ पत्रकार सम्मेलन गरेर मेयर साम्पाङविरुद्ध कानूनी उपचार खोज्ने समेत बताएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ९ : ५५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्