नासाको क्लिपर मिशन : बृहस्पतिको चन्द्रमामा मानव बसोबासको सम्भावना खोजिँदै | Khabarhub Khabarhub

नासाको क्लिपर मिशन : बृहस्पतिको चन्द्रमामा मानव बसोबासको सम्भावना खोजिँदै


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नासाको क्लिपर मिसन बृहस्पतिको चन्द्रमा ‘युरोपा’ को यात्रामा गएको छ । यसले त्यहाँ मानिस बस्नका लागि उपयुक्त अवस्थाहरू छन् वा छैनन् भन्ने अध्ययन गर्ने छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पतिको चन्द्रमा युरोपामा एउटा अन्तरिक्ष यान पठाएको छ, जसले त्यहाँ मानव बसोबासको सम्भावना के हो भनेर अनुसन्धान गर्ने बताएको छ । युरोपालाई हाम्रो सौर्यमण्डलमा पृथ्वी बाहिर जीवन खोज्ने सम्भावित स्थानहरू मध्ये एक मानिन्छ ।

नासाको यो मिसनले हिउँले ढाकिएको यस चन्द्रमामा जीवनको लागि अनुकूल अवस्था छ कि छैन भनेर जान्न प्रयास गर्नेछ । युरोपामा एक विशाल भूमिगत महासागर रहेको अनुमान वैज्ञानिकहरूले गरेका छन् ।

नासाको सौर्य ऊर्जाबाट चल्ने युरोपा क्लिपर अन्तरिक्ष यानलाई स्पेसएक्स फाल्कन हेभी रकेटमा केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको छ । यो गाडीमा नौ वटा वैज्ञानिक उपकरण छन् । करिब साढे पाँच वर्षमा २.९ अर्ब किलोमिटरको यात्रा गरेपछि युरोपा क्लिपर सन् २०३० मा बृहस्पतिको कक्षमा प्रवेश गर्नेछ । अमेरिकामा मिल्टन आँधीका कारण यसो प्रक्षेपणमा ढिलाइ भएको थियो ।

वैज्ञानिकहरूले युरोपाको बरफको सतह मुनि रहेको नुनिलो पानीको महासागरमा चासो राखेका छन्, जुन अहिलेसम्म भएका खोजहरूमा अनुमान गरिएको छ ।

नासाको जेट प्रोपल्सन ल्याबका ग्रह वैज्ञानिक र मिसनका उपप्रमुख बोनी बुरातीले जीवनका लागि आवश्यक तत्त्वहरू युरोपामा अवस्थित छन् भन्ने धेरै बलियो प्रमाणहरू रहेको बताउँदै त्यहाँ गएर अनुसन्धान गर्नुपर्ने बताएका छन् । बुराटीले यो जीवन पत्ता लगाउने मिशन नभएर केवल जीवनको लागि अनुकूल परिस्थितिहरू खोजिरहेको स्पष्ट गरेका छन् ।

युरोपा क्लिपर नासाको सबैभन्दा ठूलो अन्तरिक्ष यान हो जुन ग्रहको मिशनको लागि बनाइएको हो । यसको लम्बाइ लगभग सय फीट, चौडाइ लगभग ५८ फीट रहेको छ भने यसको वजन लगभग ६ हजार किलोग्राम छ । यो रकेट बास्केटबल कोर्ट भन्दा ठूलो छ, किनभने यसमा ठूला सौर्य प्यानलहरू छन् जसले वैज्ञानिक उपकरण, इलेकट्रोनिक्स र अन्य प्रणालीहरूलाई ऊर्जा प्रदान गर्दछ ।

यो रकेट मंगल ग्रह र त्यसपछि पृथ्वीको नजिकबाट जानेछ, जसका कारण यी ग्रहहरूको गुरुत्वाकर्षण प्रयोग गरेर आफ्नो गति बढाउन सक्षम हुनेछ । यसको विज्ञानका लागि तीन मुख्य उद्देश्यहरू छन्: युरोपाको बाहिरी बरफ तहको मोटाई र यसको तलको सतहसँग यसको अन्तरक्रिया अनुमान गर्नु, बृहस्पतिको यो चन्द्रमाको संरचना निर्धारण गर्नु, र यसको भूविज्ञान बुझ्नु रहेको छ ।

नासाको योजना अनुसार यो अन्तरिक्षयानले तीन वर्षको अवधिमा युरोपा वरिपरि ४९ पटक उडान भर्नेछ । युरोपाको व्यास करिब ३,१०० किलोमिटर छ, अर्थात् पृथ्वीको चन्द्रमाको लगभग ९० प्रतिशत रहेको छ । युरोपाको बरफको क्रस्ट १५-२५ किलोमिटर बाक्लो मानिन्छ, र यसको मुनि ६०-१५० किलोमिटर गहिराइमा महासागरहरू रहेको विश्वास गरिएको छ ।

युरोपालाई ‘सामुद्रिक संसार’ मानिन्छ । यद्यपि युरोपा पृथ्वीको व्यासको एक चौथाई मात्र छ, यसको भूमिगत महासागरमा पृथ्वीको महासागर भन्दा दोब्बर पानी हुन सक्छ।

वैज्ञानिकहरू विश्वास गर्छन् कि युरोपा, यसको कडा र चिसो सतहको बाबजुद, जीवनलाई समर्थन गर्न सक्षम रहेको छ । जीवनको निर्माणका लागि तीन वटा मुख्य आवश्यकताहरू तरल पानी, केही रसायनहरू विशेष गरी कुनै पनि आदिम जीवहरूको लागि खानाको रूपमा काम गर्न सक्ने जैविक यौगिकहरू र ऊर्जा स्रोत आवश्यक रहेको छ ।

युरोपाले पृथ्वीको सौर्य विकिरणको ४ प्रतिशत मात्र प्राप्त गर्छ किनभने यो सूर्यबाट पाँच गुणा टाढा छ । तर बृहस्पतिको बलियो गुरुत्वाकर्षणले युरोपालाई यसको कक्षामा झुकाउँछ, जसले यसलाई गर्मी प्रदान गर्दछ ।

युरोपा महासागरको तल, जहाँ पानी चट्टानी सतहसँग मिल्छ, त्यहाँ थर्मल भेन्ट्स हुन सक्छ, अर्थात् तातो पानी, जहाँ तापले रासायनिक ऊर्जा निकाल्छ । यो पृथ्वीको गहिरो महासागरहरूमा थर्मल भेन्ट्स जस्तै हुन सक्छ, जहाँ आदिम जीवन अवस्थित छ र सम्भवतः त्यहाँबाट पृथ्वीमा जीवनको सुरुवात भएको हो ।

अन्तरिक्ष यानको मसपेक्स उपकरणले युरोपाको महासागर, सतह र वायुमण्डलीय रसायनको अध्ययन गर्न ग्याँसहरूको नमूना गर्नेछ । मासपेक्सले आदिम जीवहरूको लागि खानाको रूपमा काम गर्न सक्ने जैविक अणुहरू खोज्नेछ । बृहस्पति हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो । यसमा ९५ वटा चन्द्रमा छन्, जसलाई आधिकारिक रूपमा मान्यता दिइएको छ ।

यी मध्ये युरोपा चौथो ठूलो हो । गानीमेडे, काल्लिस्टो र इओ  युरोपा भन्दा ठूला छन् । युरोपाले बृहस्पतिबाट करिब ६,७१,००० किलोमिटरको दूरीमा परिक्रमा गर्छ । यस्ता खोजी अभियानमा कल्पनासमेत नगरेको कुरा प्रकाशमा आउने नासाले बताएको छ । (न्यूजकारखानाबाट साभार) 

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  २ : ५१ बजे

सौराहामा एकसिङ्गे गैँडा (तस्बिरहरू)

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी

अरुण बराललाई जवाफ : आलु जोख्ने यन्त्रले हावा जोख्दैन

केही समयअघि सार्वजनिक भएको यस पंक्तिकारको पुस्तक ‘जैविक दर्शन’माथि मित्र

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको

पूजा गर्दा झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती

काठमाडौं – कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर