दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खला भारतलाई, कीर्तिमानको ओइरो  « Khabarhub

दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खला भारतलाई, कीर्तिमानको ओइरो 


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सञ्जु सामसन र तिलक बर्मा दुवैले शतक प्रहार गरे पछि भारतले दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खलामा कीर्तिमानको ओइरो लगाएको छ ।

जोहन्सबर्गमा भएको चौथो तथा अन्तिम खेलमा दुवैले शतक प्रहार गरेपछि भारतले पाँचौँ पटक दक्षिण अफ्रिका विरुद्धको टी–२० शृङ्खला जितेको हाे । भारत १३५ रनले विजयी भयो ।

भारतले दिएको २८४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १० बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १४८ रनमा सीमित भएको थियो ।

दक्षिण अफ्रिकाका ट्रिस्टियन स्टब्सले ४३ तथा डेभिड मिलरले ३६ रन बनाउनु बाहेक अन्य खेलाडीले खासै प्रभाव राख्न सकेनन् । मार्को जोन्सनले १२ बलमा २९ रन जोडे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भारत सुरुवातदेखि नै आक्रामक भएको थियो । अभिषेक शर्मा १८ बलमा ३६ रन बनाए पछि आउट भए पनि सञ्जु सामसन र तिलक बर्माले आक्रमण जारी राखेका थिए ।

म्यान अफ द म्याच समेत घोषित बर्माले ४७ बलमा १२० रन प्रहार गर्दै शतक पुरा गरे । यो उनको लगातार दोस्रो टी–२० शतक हो । हैदरावादका २२ वर्षीय बर्मा १९औँ  टी– २० अन्तर्राष्ट्रिय खेल्दा महत्त्वपूर्ण कीर्तिमान राख्न सफल भएका हुन् । उनी टी–२० अन्तर्राष्ट्रियमा लगातार शतक प्रहार गर्ने दोस्रो भारतीय तथा समग्रमा पाँचौँ ब्याट्सम्यान हुन् ।

बर्मा खेलका म्यान अफ द म्याच तथा म्यान अफ सिरिज पनि घोषित भए । पहिलो खेलमा शतक प्रहार गरेर लगातार दुई खेलमा शून्यमा आउट भएका सामसन पनि शृङ्खलामा दोस्रो शतक प्रहार गर्न सफल भए । सामसनले ५६ बलमा १०९ रन जोडे ।

आईसीसीको पूर्ण सदस्यको विरुद्धमा एउटै शृङ्खलामा ४ शतक प्रहार भएको यो पहिलो पटक हो । यो दक्षिण अफ्रिकामा सबै भन्दा धेरै योगफल हो । भारतले बनाएको दोस्रो ठूलो योगफल पनि हो । एउटै पारीमा दुई सतक पनि यो तेस्रो पटक प्रहार भएको हो ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ७ : ४७ बजे

बंगलादेशमा नयाँ सरकारमाथि प्रश्न, तारिक रहमानको आलोचना

काठमाडौं- तारिक रहमानले प्रधानमन्त्री पदको शपथ लिएको तीन दिनमै देशको

पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौं– नेपाल–पोर्चुगल द्विपक्षीय  परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

काठमाडौं– आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

प्रमुख राजनीतिक दलको घोषणापत्र : ऊर्जा क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको प्रमुख क्षेत्रका

युएईका नेताहरूद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायेद