संसारमा नै विकराल बनेको सुडानको गृहयुद्ध | Khabarhub Khabarhub

संसारमा नै विकराल बनेको सुडानको गृहयुद्ध


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुडान विगत वर्षदेखि नै गरिबी र दुःखको पर्याय देशको रूपमा थियो । अझ गएको एक वर्षदेखि गृह युद्धको चपेटामा पनि छ । गृह युद्धले यसरी गाँजेको छ की त्यहाँको अवस्था साँच्चै दर्दनाक छ । मृत्यु हुनेको सङ्ख्या विगतमा भनिए भन्दा एकदमै धेरै छ । खार्तुम राज्यमा मात्र मृत्यु हुनेको सङ्ख्या ६१ हजार नाघेको छ । यो तथ्याङ्क सुडानमा कार्यरत लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनको हो ।

यसरी मर्ने मध्ये २६ हजार सिधै युद्धमा मारिएका थिए भने अन्य सबै त्यहाँ फैलिएको रोगको सङ्क्रमण तथा भोकमरीका कारण मरेका हुन् । धेरै आप्रवासी समुदायको प्रभाव रहेको डार्फर लगायत पश्चिमी क्षेत्रमा धेरै मारिएका छन् ।

त्यहाँ कार्यरत सहयोगी संस्थाका अनुसार १९ महिना यताको गृह युद्धका कारण सुडान संसारकै खराब अवस्था रहेको देश पनि हुन सक्छ । अहिलेसम्म राष्ट्र सङ्घ र अन्य निकायले भनेअनुसार २० हजार जनाको भने मृत्यु भइसकेको छ ।

सुडानका लागि राष्ट्र सङ्घका प्रतिनिधि टम पोरियलोले मृत्यु हुनेको सङ्ख्या १ लाख ५० हजार सम्म पुगेको जनाएको छ । एमनेस्टी इन्टरनेसनलको सुडान अध्ययन समूहले जनाए अनुसार फ्रान्सेली सैन्य प्रविधि प्रयोग गर्दै त्यहाँ युद्धको नियमको पनि मापदण्ड भङ्ग गरिएको छ ।

अधिकारकर्मीका अनुसार रेपिड सपोर्ट फोर्स (आरएसएफ)का सेनाले फ्रान्सेली हार्डवेयरबाट जडान गरिएको तथा संयुक्त अरब इमिरेट्सले सहयोग गरेको साधनहरूको प्रयोग गरिरहेको छ । एमनेस्टीका महासचिव एग्नेस कालामार्डले सुडानको युद्धभूमिमा फ्रान्समा बनाएका तथा जडान गरिएका युद्ध सामग्रीहरूको व्यापक प्रयोग भइरहेको छ । आरएसएफको सेनाका लागि सहयोग भएको विषयमा यस अघि फ्रान्स र संयुक्त अरब इमिरेट्सले अस्वीकार गरिरहेका थिए ।

फ्रान्सेली कम्पनी एनएनडिएक्सल्याक्रोइक्सले तयार गरेको गालिक्स रक्षा संयन्त्रको प्रयोग भइरहेको छ । यसको काम एकदमै नजिकबाट भएको आक्रमणको प्रतिकार गर्नु हो । एमनेस्टीले यस्ता हतियार गम्भीर मानव अधिकार हननको विषयमा प्रयोग हुने भएकाले फ्रान्सेली सरकारले तत्काल यसलाई रोक्न आवश्यक रहेको जनाएको छ । एमनेस्टीले ध्वस्त भएको हतियारको फोटो लिँदै त्यहाँ गालिक्स संयन्त्रको प्रयोग भएको पुष्टि गरेको छ ।

एमनेस्टीका अनुसार फ्रान्स र युएईबीच लामो समयदेखि रक्षा क्षेत्रमा सहमति हुँदै आएको छ । यसै सहमति र समझदारी अनुसार सन् २०१४ देखि २०२३ को बिचमा २.७४ अर्ब अमेरिकी डलर बराबरको सैन्य सामग्री  फ्रान्सले युएईलाई बिक्री गरेको छ । एमनेस्टीले मानव अधिकारको मूल्य र मान्यताको हनन भएको लामो शृङ्खलामा जो कोहीको उपस्थितिबारे सचेत हुन आवश्यक रहेको जनाएको छ ।

यस बारेमा एमनेस्टी इन्टरनेसनललले फ्रान्सेली अधिकारीसँग सम्पर्क गर्न खोजे पनि यस विषयमा कुनै चर्चा नभएको जनाएको छा । तथापि यस विषयमा अहिलेसम्म फ्रान्सको सम्पर्कमा कुनै मानव अधिकार विरोधी काम नभएको कुरामा आफू अडिग रहको जनाएको छ ।

त्यस क्षेत्रको गैर अरब जनसङ्ख्यालाई निर्मूल गर्ने उद्देश्य जनाउँदै एउटा आदिवासी समूहले गृहयुद्धको सुरुवात गरेको थियो । सन् २००४ मा भएको त्यसै घटनापछि संयुक्त राष्ट्र संघले त्यहाँ सैन्य गतिविधि निषेध गरेको पियो । गृह युद्धको सुरुवात भएसँगै एमनेस्टीले पनि यसको बारे छानबिनका लागि आवश्यक रहेको सोही समयमा जनाएको थियो ।

पुराना दुई सहयोगी सैन्य सङ्गठन मोहम्मद हमदान डाग्लोले नेतृत्व गरेको आरएसएफ र अबदेल फताह अल बुहार्नको नेतृत्वमा रहेको सुडानको नियमित सेनको बिचमा सन् २०२३ को अप्रिलदेखि युद्ध भइरहेको छ । आरएसएफलाई डार्फरमा आदिवासीलाई सखाप नै पारेको आरोप लगाएको छ ।

यस युद्धमा हजारौँको ज्यान गएको छ । लाखौँ विस्थापित भएका छन् । परन्तु दुवै पक्षले आफूले युद्ध अपराध नगरेको दाबी बारम्बार गरी रहेका छन् । अगस्ट महिनामा राष्ट्र सङ्घका अधिकारीले सुडानमा भोकमरीको अवस्था आइसकेको जनाएको थियो ।

अहिले सुडानमा भोकमरी छ । गरिबी छ । मृत्यु र अनिकाल पनि छ । साथमा दैनिक मानिसहरू मरिरहेका छन् । बाँचेकाहरूको पनि जीवन कहालीलाग्दो छ । परन्तु यी सबै विषयमा संसारका लागि छायाँमा परेका छन् । धेरैको ध्यान रुस र युक्रेनबीचको युद्ध तथा मध्यपूर्वको अशान्तिले तानेको छ ।

सुडान अनुसन्धान समूहले त त्यहाँ मारिएका ९० प्रतिशतको कुनै लेखाजोखा नै नभएको जनाएको छ । सो अनुसन्धानको नेतृत्व गरिरहेका मायसन डहाबले त्यस युद्धमा कति मानिस मारिए भन्ने कुराको कुनै तथ्याङ्क नभएको जनाएको छ ।

सुडानमा धेरै त्यस्ता सहर छन् । जहाँ मानवीय सङ्कट छ । बाँच्ने आधार नै कतै देखिएको छैन । कतिपय आमाहरू आफ्नै अघि आफ्नै छोरीको चिरहरणको दृश्य देखेर रोएको समाचार आउन थालेका छन् । अगस्ट महिनाको तथ्याङ्क अनुसार सन् २०२३ मा गृहयुद्ध सुरु भएयता ३० लाख भन्दा बढीले त्यस देश छाडिसकेका छन् । अक्टोबर महिनाको पहिलो सातामा मात्र २५ हजार चाँदमा पुगेका थिए । चाँदले मात्र करिब ७ लाख सुडानी शरणार्थीलाई आफ्नो देशमा शरण दिई सकेको छ ।

युद्ध सुरु भएयता धेरै पटक वार्ताका लागि प्रयास भएको थियो । सन् २०२३ कै मेमा अमेरिका र साउदी अरेबियाको पहलमा वार्ता भएको थियो । जेदाह सहमतिको नाममा भएको त्यस वार्ताका सहमति कार्यान्वयन गर्न दुवै पक्ष व्यवहारमा भने तयार भएनन् ।

युद्धले धेरैको ज्यान लिनुका साथै भोकमरीको समस्या बढेपछि अमेरिका, साउदी अरेबिया र स्विट्जरल्यान्डको पहलमा अर्को सहमतिको प्रयास त्यसै वर्षको अगस्ट महिनामा भएको थियो । यो प्रयासमा इजिप्ट, युएइ र अफ्रिकी युनियन पनि थपिएका थिए । यस पटकको वार्तामा आरएसएफले आफ्नो प्रतिनिधि नै पठाएन ।

राष्ट्र सङ्घको महासभाको मापदण्ड भित्र रहेर अमेरिका, जर्मनी, फ्रान्स र युरोपेली युनियनले विगतमा मन्त्री स्तरीय बैठक नै राखेर सुडानमा युद्ध विरामको प्रयास नगरेका होइनन् । परन्तु त्यसले पनि मूर्त रूप लिन पाएन। यो के थियो भने दुवै पक्षले युद्धमा आफूहरूले सफलता पाएको विश्वास गरिरहेका थिए ।

त्यहाँ बारम्बार भएको प्रयास असफल हुनु र अवरोध हुनुको केही कारण पनि छन् । दुवै समूहलाई बाह्य समर्थन छ । जब वार्ताको सुरुवात हुन्छ यसलाई रोक्न र युद्धलाई जारी राख्न उक्साहट गर्न अन्य शक्ति पनि धेरै छन् । खासमा अतिवादी इस्लामिक शक्तिहरू त्यहाँ वार्ता नभएको तथा शान्ति नभएको चाहन्छन् ।
यी यावत समस्याका कारण क्षेत्रीय खेलाडी, इरान, टर्की  कतार लगायतको पनि सकारात्मक उपस्थिति नभई सुडानमा युद्धविरामको कुनै सम्भावना नै देखिएको छैन ।

अहिले नै मृत्यु हुनेको सङ्ख्या फरक किसिमको दाबी गरिएको छ । विल्सन सेन्टरले नै एक लाखको मृत्यु भएको हुन सक्ने जनाएको छ । यस विकराल अवस्थाको अन्त्य सायद सुडानमा अझ लामो समय कायम हुन पनि सक्छ । यो विकराल अवस्था पनि अहिले मध्यपूर्व र रुस युक्रेन युद्धको छायाँका कारण संसारको कमै ध्यान पुगेको भने साँचो हो ।
(श्रोत : बिबिसी, विल्सन सेन्टर)

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ८ : ५३ बजे

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

इलाम– नेकपा एमाले इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन्

गण्डकी प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण

कास्की– गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र

पर्यटकको पर्खाइमा म्याग्दीको जलजला क्षेत्र (तस्बिरहरू)

म्याग्दी- ठूलो जंगलको बिचमा घाँसे मैदान । आँखै अगाडी पुथा,

चिसो बढेपछि लिमी प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

हुम्ला– हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी