परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री एलिसन हुकरसँग टेलिफोन वार्ता गरेका छन् । परराष्ट्रमन्त्री खनालले बिहीबार उपविदेशमन्त्री हुकरसँग टेलिफोन वार्ता गरेका हुन् ।

उपविदेशमन्त्रीले कुराकानीको क्रममा खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिएकी थिइन् । साथै, नेपाल सरकारसँग नजिकबाट काम गर्ने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री खनालले बधाई सन्देशको लागि आभार व्यक्त गरे । उनले नेपालको समग्र विकासमा निरन्तर सहयोगको लागि अमेरिकी सरकारलाई हार्दिक कृतज्ञता व्यक्त गरे ।

‘पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानीमार्फत सुशासन र आर्थिक वृद्धि सरकारको प्राथमिकतामा छ,’ टेलिफोन वार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले उपविदेशमन्त्रीसँग भनेका थिए ।

उपविदेशमन्त्रीले अमेरिकी सरकारको तर्फबाट नेपालको राष्ट्रिय विकासको प्राथमिकताको प्रशंसा गरे र यस प्रक्रियामा अमेरिकी सहयोगको प्रतिबद्धता दोहोर्‍याइन् ।

परराष्ट्रमन्त्री र उपविदेशमन्त्रीले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको आठ दशक लामो सम्बन्धको बारेमा छलफल गरेका थिए । पारस्परिक हितका लागि द्विपक्षीय र बहुपक्षीयस्तरमा सहयोगलाई अझ सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  १० : ४५ बजे

तीन वर्षीया बालिका गरिमा चौधरी हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक