एमाले इलामको अध्यक्षमा बराल निर्वाचित « Khabarhub

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

इलाम– नेकपा एमाले इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न पार्टीको ११औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएका हुन् । बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत मात्र प्राप्त गरे ।

उपाध्यक्षमा दुई सय ५० मतका साथ उदयबहादुर राई निर्वाचित भए । उनका प्रतिस्पर्धी उमेश गुरुङले एक सय ८४ र बुद्धिप्रसाद खनालले एक सय ३७ मत मात्र प्राप्त गरे ।

यस्तै, सचिवमा रामप्रसाद सुवेदी (रविन्द्र) निर्वाचित भए । उनले प्रतिस्पर्धी प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गरे । सुवेदीले दुई सय ९२ मत पाउँदा अधिकारीले दुई सय ६८ मत प्राप्त गरे ।

उपसचिव (खुला) मा निकटतम प्रतिस्पर्धी छवि श्रेष्ठलाई २६ मतान्तरमा पराजित गर्दै रमेश राई निर्वाचित भएका छन् । राईले एक सय ७० मत प्राप्त गर्दा श्रेष्ठले एक सय ५३ मत प्राप्त गरे । अन्य प्रतिस्पर्धी यामबहादुर राईले एक सय ३४ र मानविर लुहागुनले ५६ मत मात्र प्राप्त गरे ।

त्यस्तै उपसचिव (महिला) मा प्रतिस्पर्धी विष्णुमाया रिमाल (आचार्य) लाई ९२ मतान्तरमा पराजित गर्दै दिलकुमारी लिम्बू निर्वाचित भएका छन् । लिम्बूले तीन सय नौ मत पाउँदा रिमालले दुई सय १७ मत मात्र प्राप्त पाए ।

बिहीबारदेखि सुरु भएको अधिवेशनमा जिल्लाका ८१ वटा, २१ जनसङ्गठन र पेसागत सङ्गठन, तीन इलाका शाखा एउटा विशेष वडा कमिटीबाट चयन भएका पाँच सय ८७ प्रतिनिधि सहभागी थिए ।

मत भने पाँच सय ८१ मात्र खसेको थियो । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनबाट नेतृत्व चयन भएको हो ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ११ : १५ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा