कैलालीमा कांग्रेसबाट टीका चौधरी समन्वय प्रमुखको उम्मेदवार « Khabarhub

कैलालीमा कांग्रेसबाट टीका चौधरी समन्वय प्रमुखको उम्मेदवार


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि कैलाली जिल्ला समन्वय समिति प्रमुखको उम्मेदवार टुंग्याएको छ। कांग्रेसले आसन्न उपनिर्वाचनका लागि समन्वय समिति प्रमुखमा टीका चौधरी (भुल)लाई उम्मेदवार बनाउने भएको छ ।

यसअघि कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिले कात्तिक १३ मा धनगढी उपमहानगरपालिका–२ का वडा सदस्य केशवराज पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

तर, निर्वाचन आयोगको बाध्यकारी परिपत्रलाई मध्यनजर गर्दै शनिबार बसेको प्रदेश संसदीय समिति बैठकले कैलारी गाउँपालिका–२ का वडा सदस्य टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

उपनिर्वाचन हुने स्थानीय तहको प्रमुख पदमा पुरुष भए उप–प्रमुख महिला अनिवार्य रहनुपर्ने आयोगको परिपत्रअनुसार उक्त निर्णय गरिएको कांग्रेस सुदूरपश्चिमका प्रवक्ता सुरतबहादुर रावतले जानकारी दिए । 

जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधनपछि रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदका लागि मंसिर १६ गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १ : १९ बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र