विवाहपञ्चमीमा जन्तीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो | Khabarhub Khabarhub

विवाहपञ्चमीमा जन्तीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– विवाहपञ्चमी महोत्सवमा सीताको ससुराली भारतको अयोध्यामा जन्तीलाई निम्तो दिनका लागि जनकपुरधामबाट विश्व हिन्दुपरिषद्को अगुवाईमा तिलकसहित निमन्त्रणापत्र लिएर पठाइएको छ।

भगवान् सीतारामको विवाहलाई लिएर ५ सयको सङ्ख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि निमन्त्रण पत्रसहित अयोध्याका लागि आज प्रस्थान गरेका छन् । 

तिलक लिएर जाने टोलीलाई मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरेका छन् । मुख्यमन्त्री सिंह मङ्सिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम छ ।  तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाइमा राम मन्दिर ट्रस्टका चम्पत रायलाई हस्तान्तरण गरिनेछ । 

मुख्यमन्त्री सिंहले तिलक उत्सव भव्यताका साथ सम्पन्न हुनेमा विश्वस्त रहेको बताएका छन् । प्रत्येक पाँच वर्षमा अयोध्याबाट जन्ती आउने र त्यसका लागि मधेश प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। त्रेता युगदेखि कायम सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले नेपाल र भारतबिचको प्राचीन सम्बन्ध रहेको र यो सम्बन्ध कहिल्यै कमजोर हुनु नहुने बताए ।
जानकी मन्दिरले पहिलोपटक परम्परालाई भंग गर्दै विश्व हिन्दु परिषद्को अगुवाईमा तिलक पठाएको छ । विगतमा ठाकुर हजामले तिलकसहित निमन्त्रणा लिएर अयोध्या जाने परम्परा थियो ।

विवाहपञ्चमी यही मंसिर २१ गते जनकपुरधाममा प्रत्येक वर्ष झैँ यसपटक पनि धुमधामसाथ सात दिवसीय कार्यक्रम गरी मनाइने छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  २ : १९ बजे

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा- यही कात्तिक १५ देखि २२ गतेसम्म झापामा हुने अन्तर्राष्ट्रिय

पाँच दशकपछि भारत फर्किए शीर्ष नागा विद्रोही नेता मुइवाह

उखरुल (भारत)– करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका (तस्बिरहरु)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सहिद

मानुङकोटमा बढे पर्यटक

दमौली (तनहुँ)- चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक

अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबीच भेट

जेनेभा– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ